रुसका विख्यात सन्त सेर्गेइ रादोनेज्स्कीको कथा I

कृष्णप्रकाश श्रेष्ठ : रुसमा प्रचलित प्रमुख क्रिश्चियन धर्म अर्थात् अर्थाडक्स चर्चअन्तर्गतका विभिन्न सन्तहरु मध्ये महामना सेर्गेइ रादोनेज्स्कीको नाम अग्रगण्य स्थानमा रहेको छ । यसै वर्ष मेई महिनामा उनको ७०० यौं जन्मजयन्ती मनाइयो । 

उनको जन्म सन् १३१४ को ३ मेईका दिन भएको थियो भन्ने स्वीकार गरिएको छ । रोस्तोभ भेलिकीनिवासी बोयार भनिने उच्च खानदानका किरिल्ल तथा मारिया दम्पतिले चर्चका धर्मगुरुको परामर्शअनुसार नवजात शिशुको नाम भार्फोलो मेइ भन्ने राखिदिएका थिए । त्यस दिन सन्त भार्फोलोमेइको धार्मिक उत्सव परेको हुँदा उनलाई यस्तो नाम दिइएको थियो । 

सात वर्षको उमेरमा भार्फोलोमेइ र उनका दाजु स्तेपानका साथै चर्चअन्तर्गतको धार्मिक पाठशालामा शिक्षाप्राप्तिका लागि भर्ना गरियो । स्तेफानको दाँजोमा भार्फोलोमेइले पढाइमा वांक्षित सफलता पाउन सकेनन् । एकान्तप्रेमी भार्फोलोमेइ दत्तचित्त भई पाठ तयार पार्दथ्यो, तैपनि आप्mना संगीसँगातीभन्दा जहिले पनि विफल हुन्थ्यो । आप्mनो विफलताबाट निकै चिन्तित भएर एकपल्ट ऊ यताउति भौंतारिइरहेको थियो । एकाएक उसको ध्यान पुरानो बाँझको रुखमुनि बसिरहेको एकजना बूढो भिक्षुलाई देख्यो र उसको नजिकै गएर ठिंग उभियो । के चाहियो भनेर घुमन्ते वृद्ध भिक्षुले सोध्दा उसले रुन्चे स्वरमा आप्mनो विफलताको बखान गर्यो र उसलाई पढाइमा सफलता मिलोस् भनी ईश्वरसंग प्रार्थना गरिदिने वृद्ध भिक्षुले उसलाई नजिकै बोलाएर संगसंगै स्तुतिपाठ गर्न लगायो र अन्त्यमा आप्mनो कोखामुनि झुण्डिरहेको झोलाबाट केही खानेकुरा प्रसादको रुपमा दिएर अब ऊ पढाइमा पोख्त हुनेछ भन िआशिर्वाद दियो । 

केटोले भिक्षुलाई निम्त्याएर आप्mनो घरमा लिएर गयो जहाँ उसका धर्मभीरु मतापिताले घुमन्ते भिक्षुको स्वागतसत्कार गरे...भनिन्छ, यस घटनापश्चात् भार्फोलोमेइले पढाइमा उन्नति गर्देगयो र विभिन्न विषयमा मनग्ये ज्ञान यहाँनेर चौद्धौं शताब्दीको रुसको सामाजिक तथा राजनैतिक अवस्थाबारे पनि संक्षेपमा उल्ले ख गर्नु आवश्यक ठान्दछु । त्यतिखेर शक्तिशाली तातार राज्यको आधिपत्यमा रहेको रुसमा विभिन्न अर्धस्वतन्त्र राजारजौटाहरु थिए । उनीहरु आप्mनो प्रमुख स्थितिको लागि तातारियाका शासक खाँको तर्पmबाट समर्थन जुटाएर एक आपसमा प्रतिस्पर्धा गरिरहन्थे । तातार शासकहरुले रुसका राजारजौटाहरु बाट नियमित रुपमा कर पाइरहेको अवस्थामा चौद्धौं शताब्दीमा एकातिर रुसको भूभागमा तातार सै न्यको लूटपाट कम भएको थियो भने अर्कोतिर रुसभित्र पनि तातार आधिपत्यबाट मुक्तिका लागि एकीकरणको प्रक्रिया चलिरहेको थियो । यस्तो एकीकरणको क्रममा बलियोले कमजोरलाई नराम्रोसंग पेलेर लैजाने स्थिति पनि उत्पन्न हुन्थ्यो । 

रुसको कुनै पनि राजाले राज्याभिशे षभन्दा पहिले तातार शासकको तर्पmबाट स्वीकृति लिनु पर्दथ्यो र तातार शासकहरु पनि रुसको कुनै एक राज्यलाई बलियो बन्न नदिनका लागि आवश्यक कदम चाल्ने गर्दथे । तैपनि त्यतिखेर मास्को राज्यको शक्ति बिस्तारै बढ्दै गएरहेको थियो भने ओर्दा भनिने तातार शासकहरुको केन्द्रमा आन्तरिक कलहले गर्दा ओर्दाको स्थिति बिस्तारै कमजोर हुँदै गइरहेको थियो । मास्कोका राजा इभान दानिलिच (कालिता) ले आप्mनी दुई छोरीहरुको विवाह यारोस्लाभ्ल र रोस्तोभ राज्यका र ाजकुमारहरुसित गरिदिएपछि मास्कोको स्थिति निकै बलियो हुन गएको थियो । को आर्थिक अवस्था बिस्तारै कमजोर भइरहेको थियो । अन्त्यमा किरिल्ल सपरिवार रोस्तोभबाट रादोने ज भनिने अनकन्टार गाउँमा बसाइँ सर्न बाध्य भयो । त्यसै ठाउँमा भार्फोलोमेइको युवावस्था बितेको थियो । उनका बाबुआमाको उमेर ढल्किसकेको थियो भने दाजु स्तेफान र भाइ प्योत्रको समेत बिहाबारी भइ स्वतन्त पारिवारिक जीवन बिताउन थालिसकेका थिए । तर धार्मिक प्रवृत्तितिर ढल्केका भार्फोलोमेइ अविवाहित नै थिए र वृद्ध आमाबाबुका लागि उनी एकमात्र टेवा समान थिए । 

 उनले ईश्वरभक्तिमा आप्mनो जीवन अर्पण गर्न चाहेर पनि आमाबाबुको सेवासुश्रुषाको अभिभारा आप्mनो काँधमा आइपरेकोले उनले दीक्षा ग्रहण गरी मोनेष्ट्रीवासी बन्न पाइरहेका थिएनन् । उनका दाजु स्तेफान पत्नीकोल मृत्युपछि विरक्तिएर भिक्षुत्व ग्रहण गरी खोत्कोभ मो नेष्ट्रीमा बस्न थालेका थिए । अन्त्यमा उनका बुवा किरिल्ल र आमा मारिया दुवैजना भिक्षुभिक्षुणी बनेर पुरुष तथा महिला बस्ने व्यवस्था भएको त्यसै खोत्कोभ मोनेष्ट्रीमा आश्रय लिन पुगे (किरि ल्ल र मारिया भन्ने नाम समेत भिक्षुत्व ग्रहण गरेपछिको नाम हो भन्ने विश्वास गरिन्छ) । त्यहींकै चिहानघारीमाउनीहरु दफनाइएका छन् । आप्mना जन्मदाताहरुको देहान्तपछि भार्फोलोमेइले सारा धनसम्पत्ति कान्छो भाइ प्योत्रको जिम्मा लगाएर खातकोभबाट १२ भेस्र्ता टाढा घनघोर सल्लाघारीको माझमा रहेको र मणीय थुम्कोमा दाजु स्तेपानको साथमा आश्रम बनाएर बस्ने अठोट गर्यो । वरिपरि सल्लाका रु खहरुको कमी थिएन । 

भार्फोलोमेइले आपैmले डकर्मीको काम समेत गरेका थिए । उनीहरु ले मिलेर कुटी बनाए, चर्चको पनि निर्माण गरे । बाँझको रुखमुनि भेटिएको वृद्ध भिक्षुले भने झैं सन्त त्रोइत्सा (त्रिनिटी) को नामबाट त्यस चर्चको नामकरण गरियो । त्यहीं नै २३ वर्षीय भार्फोलोमेइले ७ अक्टोबरका दिन इगुमेन मित्राफानबाट मुण्डन गराई मागेर भिक्षुत्व प्राप्त गरे । सन्त सेर्गेइ र भाखको धार्मिक उत्सवका दिन दीक्षादान गरी भिक्षुत्व प्रदान गरि एको हुँदा भार्फोलोमेइले सेर्गेइ भन्ने धार्मिक नाम प्राप्त गरेका थिए र उनी रादोने जका सन्त सेर्गेइको नामबाट विश्वप्रसिद्ध हुन पुगे । अनकन्टार ठाउँमा कुटी बनाएर जीवन यापन गर्नु सजिलो थिएन । जेठो दाजु स्ते फानले कुटीको कठिन जीवनको सट्टा मास्कोको बोगोयाब्लेन्स्की मोनेष्ट्रीको जीवन र ोज्यो । सन्त सेर्गेइ एक्लो पर्न गए । उनी त्यहाँ एकान्तव्रतको विधि पूरा गर्दै अल्पाहार ी भई कठोर जीवन यापन गर्दै बस्न थाले । उनको यस्तो कठोर तपस्याबारे धेरैले थाहा पाए र उनको एकान्त कुटीमा आएर ईश्वरको भक्तिमा जीवन अर्पण गर्ने इच्छा जनाए । आप्mन्र थलोमा फर्केर गृहस्थ वीवन व्यतित गर्ने सल्लाह दिए । तैपनि अन्ततोगत्वा १२ जनाले उनको कुटीको आसपासमा कुटी बनाएर एकान्त जीवन बिताउने अठोट गरे । सन्त सेर्गेइले स्वयं उनीहरुको कुटी बनाउने काममा सघाएका थिए । 

सन्त सेर्गेइ एकान्तवासीहरुका लागि उपदेशकको रुपमा मात्र नरही हरेक काममा सघाउने एक बेतलबी दासको रुपमा थिए भन्न सकिन्छ । यसरी यिशुख्रिष्टका १२ जना शिष्यहरुजस्तै उनको आश्रममा १२ जना एकान्तवासीहरुको धार्मिक समुदाय दे खापर्यो र उनीहरुले सन्त सेर्गेइको नेतृत्वमा मोनेष्ट्रीको विधिविधानअनुसार पवित्र त्रोइत्सा चर्चमा मध्यरात, विहान, मध्यान्ह र साझमा नियमित पूजापाठको व्यवस्था गरियो । सन्त स्र्गेइको सादा जीवन र उच्च विचारको प्रचारका साथै बिस्तारै त्यहाँ शिष्यहरुको संख्या पनि बढ्दै गयो । यस्तो अवस्थामा युवा भार्फोलोमेइको चरित्रनिर्माण भएको थियो । त्यतिखेर पारिवार सन्त सेर्गेइले आश्रमको जीवन कठोर भएको सुनाउँदै सकभर उनीहरुलाई अन्त्यमा उनका दीक्षागुरु नै त्यस आश्रममा बस्न आए र उनले नै धर्मगुरुको पनि भूमिका निर्वाह गर्न थाले । 

दीक्षागुरुको देहान्तपश्चात् सबै मोनेष्ट्रीमा जस्तै एकान्तवासीहरु सन्त सेर्गेइलाई धर्मगुरु (इगुमेन) को आसनमा बसाउन चाहन्थे, तर उनले यसलाई लालचको रुपमा लिने गरेका थिए र वेला वेलामा अन्यत्रबाटै धर्मगुरु झिकाएर धार्मिक कर्मकाण्ड चलाउने गरिएको थियो । सबैले निकै कर गर्न थालेपछि अन्त्यमा उनले रुसका तत्कालीन धर्माधिकारी मेट्रोपोलिट अले क्सीको निर्णय स्वीकार्ने अठोट गरेर दुईजना शिष्यहरुको साथमा पैदलै मास्कोतर्पm प्रस्थान गरे । धर्माधिकारी त्यस वेला मास्कोमा नभएको हुँदा उनी पेरेयास्लाभ्ल जालेस्कीका आर्कवसपकहाँ पुगे । उनले सन्त सेर्गेइलाई विधिपूर्वक इगुमेनको उपाधि प्रदान गरी आवश्यक उपदेश दिई सन्त त्रोइत्स्कीको इगुमेन भई कार्य गर्ने अभिारा दिइपठाए । 

यो घटना सन् १४४० ः ४१ तिर घटेको मानिन्छ । यस्तो महत्वपूर्ण धार्मिक उपाधि प्राप्त गरे तापनि उनको जीवनपद्धति पूर्ववत् नै कायम राखेका थिए । उनी आपैm हाते जाँतोमा गहुँ पिंध्थे, मइनबत्ती बनाउँथे, सिकर्मीको काम पनि गर्दथे अर्थात् मोनेष्ट्रीका एकान्तवासीहरुलाई हर आवश्यक केही समयपछि सन्त सेर्गेइको ख्याति सुनेर स्मोलेन्स्कका आर्खिमान्ड्रिट सिमोन पवित्र त्रोइत्सा मोनेष्ट्रीमा आए । उनले त्यहाँ नवनिर्माणका लागि आवश्यक साधनको समेत व्यवस्था गरिदिए । यसरी पवित्र त्रोइत्सा मोनेष्ट्रीमा नया र्चा र अन्य आवश्यक भवनहरु पनि देखापरे । क्रमशः एकान्तवासी शिष्यहरुको संख्या पनि बढ्दै गयो । सन्त सेर्गेइको आश्रमका एकान्तवासीहरुको जीवन निकै कठिन थियो । 

नित्यपूजाका लागि चाहिने मैनबत्तीको सट्टा झरो बालेर काम चलाइन्थ्यो भने दाताहरुले ल्याएर दिने अन्न आदि खानेकुरा दिनको एकछाकको लागि पनि पुग्दैनथ्यो, तर सन्त गेओर्गीले गाउँतिर गएर भिइााटन गर्नमा प्रतिबन्ध लगाइदिएका थिए । एकपल्ट दुई दिनसम्म बासी रोटीको टुक्रा समेत खान नपाएर भोको रहेका दुईजना शिष्यहरुले सन्त सेर्गेइसमक्ष आएर मागेर खान समे त नपाउने आश्रममा नबस्ने भन्दै विद्रोह जनाइरहेको वेला कसैले दानस्वरुप पठाएको पाउरो टी र माछासहितको एक गाडा खानेकुरा आइपुगेको ढोकापालेले खबर ल्यायो । सन्त सेर्गेइले घन्ट बजाएर सबैलाई चर्चमा उपस्थित हुने सूचना दिई चर्चमा पूजापाठ सम्पन्न गरिएपछि मात्र सबैलाई साझा भोजनका लागि निम्त्याए । पाउरोटीको दाताले अज्ञात नै रहन चाहेको कुरा गाडावानबाट सुनेपछि यस घटनालाई भोकाएका एकान्तवासीहरुले सन्त सेर्गेइको चमत्कारको रुपमा रुसमा सन्तहरुले विभिन्न प्रकारका चमत्कारहरु गर्दछन् भन्ने जनविश्वास छ । सन्त सेर्गेइको जीवनचरित्रमा पनि विभिन्न चमत्कारहरुको वर्णन पाइन्छ । 

सन्त सेर्गेइको चमत्कारबारे सुनेर रोगी केटोलाई मोनेष्ट्रीमा ल्याउँदा केटो मर्दा बाबु चाहि शवपेटिकाको व्यवस्था गर्न जाँदासम्म केटो निरोगी भएको कथा वा मोनेष्ट्रीको विकासका साथै पानीको अभाव हुन जाँदा सन्त सेगे र् इले केही तल हिउँ पग्लेर जमेको सानो पानीपोखरीनेर गई प्रार्थना गर्दा जलस्रोत उत्पन्न भएको कथालाई उदाहरणको रुपमा लिन सकिन्छ । मुख्य कुरा के हो भने जीवनको व्यापक अनुभवद्वारा खारिएका सन्त सेर्गेइले विभिन्न समस्याहरुको समाधान खोज्न आउने सम्पन्न तथा विपन्न सबै खालका आगन्तुकहरुलाई उचित सरसल्लाह दिने गरेको हुँदा निकै टाढासम्म उनको ख्याति पैmलिएको थियो । सन्त सेर्गेइलाई मास्कोका धर्माधिकारी मेट्रोपोलिट अलेक्सीले आप्mनो शेषपछि मट्रोपोलिटको पदभार सुम्पन चाहेका थिए, तर एकान्तप्रेमी सन्तले त्यो प्रस्ताव अस्वीकार गरि दिए । रुसी अर्थाडक्स चर्चका उच्च पदाधिकारीहरु आपसी कलहको निराकरणका लागि सन्त सेगे र् इसँग सहयोग माग्दथे, तर उनले जहिले पनि सत्यको पक्ष समर्थन गर्नेगरेका थिए ।

उनले पनि तातार आधिपत्यबाट मुक्तिका लागि रुसका राजारजौटाहरुलाई मास्को राज्यको वरिपरि एकबद्ध गराउन अथक परिश्रम गर्दै आएका थिए । रुसमा सबैतिर ख्यातिप्राप्त सन्त सेर्गेइको जीवनको सबभन्दा महत्वपूर्ण निर्णय थियो ः मास्कोका बडा राजा दिमित्री इभानोभिचले तातार आधिपत्यबाथ रुसको मुक्तिका लागि संग्रामको निम्ति आशिर्वाद प्रदान गर्नु । सुरुमा उनले र ाजालाई धनसम्पत्ति दिएर भए पनि शान्तिको निम्ति प्रयास गर्ने परामर्श दिएका थिए, तर मास्को र ाज्यको बढ्दो शक्तिलाई सुरुमै चकनाचूर पार्न उद्धत तातारहरुका शासक मामाइले आप्mनो हैकम नमान्ने मास्को राज्यलाई सजाय दिन दलबलसहित धावा गर्न चाहको हुँदा सन्त सेर्गेइले राजा दिमित्रीलाई संग्रामका लागि आशिर्वाद दिनुका साथै पहिले सैनिक अनुभव प्राप्त गरेका दुईजना भिक्षुहरुलाई पनि साथमा पठाइदिएका थिए र आपूm तातारहरुविरुद्ध सामरिक विजयको लागि चर्चमा प्र ार्थना गर्न लागे । यसबाट रुसी सैन्यको नैतिक शक्ति निकै बढ्न गएको थियो । 

रुसका विभिन्न र ाज्यहरुका योद्धाहरुसहित राजा दिमित्रीको सैन्यले सरासर दोन नदी पार गरी सन् १३८० को ८ सेप्टे म्बरको बिहान कुलिकोभ भन्ने मैदानमा मामाइको सैन्यसंग संग्राम गर्यो । यस युद्धमा दुवै तर्पmका अनगिन्ती योद्धाहरुको ज्यान गयो । सामान्य योद्धाको रुपमा अग्रदलमा रही युद्धमा भाग लिइरहेका स्वयं राजा दिमित्री पनि यस युद्धमा घाइते भएका थिए भनिन्छ । आखिर मामाइको फौज तितरबितर पारियो र शत्रुलाई धपाएर विजयी बनी मास्कोतिर पर्के । यसै संग्राममा विजयी बनेका हुनाले राजा दिमित्रीले दोन्स्कोइ भन्ने उपनाम प्राप्त गरेका थिए र रुसको एकीकरणका लागि प्रयत्नशील सत्यनिष्ठ राजाको रुपमा दिमित्री दोन्स्की भन्ने नामले नै उनी पछि रुसी अर्थाडक्स चर्चबाट सन्त समेत घोषित गरिएका थिए । रुसी अर्थाडक्स चर्चहरुमा अद्यापि कुलिकोभ संग्र ाममा वीरगति प्राप्त गर्ने रुसी योद्धाहरुको स्मृतिश्राद्धको रुपमा हरेक वर्ष अक्टोबरको अन्तिम सप्ताहतिर दिमित्रीको शनिवार भनेर पूजापाठ गरिन्छ । 

 सन्त सेर्गेइले मास्कोको नेतृत्वमा रुसको एकीकरणका लागि पहिलेदेखि मास्को राज्यको विर ोधी रहिआएको रियाजान राज्यका रजौटा ओलेग र दिमित्रीको बीचमा मैत्री सम्बन्ध कायम गर्न भनी पैदलै रियाजान पुगेर राजा ओलेगका पुत्र र राजा दिमित्रीकी पुत्रीको वैवाहिक सम्बन्ध जो र्ने चाँजोपाँजो मिलाएका थिए । यसरी सन्त सेर्गेइ आप्mनो सच्चरित्रको प्रभावले गर्दा रुसी अर्थाडक्स चर्चका मात्र प्रतिष्ठित सन्त नभई राजकाजमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने धार्मिक तपस्वी तत्कालीन रुसका राजारजौटाहरु पनि बेलनबखतमा सन्त सेर्गेइको सरसल्लाह माग्दथे अन्त्यमा महामना सेर्गेइ रादोनेज्स्कीको जीवनचरित्रमा वर्णित एउटा कथाको सारसंक्षेप प्रस्तुत गर्न चाहन्छु । भनिन्छ, एकपल्ट उनको दर्शन गनृ भनी निकै टाढाबाट एकजना किसान मोनेष्ट्रीमा पुग्यो र सन्तको दर्शन पाउन सक्छु कि भनी मोनेष्ट्रीका शिष्यहरुसंग सो ध्यो । शिष्यहरुले बारीतिर देखाउँदै त्यहाँ माटो खोस्रेर काम गरिरहेका सन्त सेर्गेइतिर इसारा गर्दै देखाए । 

किसानलाई झुत्रो लुगा लगाएर मोनेष्ट्रीको बारीमा काम गरिरहेको मानिस नै सन्त हो भन्ने विश्वास नै भएन । तर त्यत्तिकैमा एक जना कुलीन भारदार पनि लावालश्करसहित त्यहाँ आइपुग्यो र उसले सन्तलाई निकै निहुरिएर अभिवादन गरेको देखेर किसान छक्क पर्यो । भारदार गइसकेपछि किसानले झुत्रो लुगा लगाइराख्ने सन्त सेर्गेइलाई ढोग दिंदै आपूmले उनलाई मगन्ते ठानेकोमा माफ गरिदिन विनम्र आग्रह गर्यो । सन्तले किसानको स्वागतसत्कार गदै र् जवाफ दिए ः भाइ, वास्तविकता त त्यही नै हो, तर उनीहरु मलाई ठूलो सन्त भन्ठान्छन् र मसंग भेटेर मक्ख पर्दछन् । म एक साधारण मगन्ते भिक्षु मात्रै त हुँ । यस प्रकार त्यत्रा महामना सन्त सेर्गेइ रादोनेज्स्कीसँग सामान्य मानिससंगजस्तै गरी भेटेर कुरा समेत गर्न पाइएकोमा दंग पर्दै किसान प्रफुल्ल मनले घर फर्कियो । 

सन्त सेर्गेइको जीवनकालमा कैयौं चमत्कारहरु देखापरेको विश्वास गरिन्छ । सन्त सेगे र् इ रादोनेज्स्कीको पहिलो जीवनचरित्र लेख्ने उनका शिष्य एपिफानीको कथनानुसार एकपल्ट उनेले चर्चमा पूजापाठ गर्दा देवदूतले नै कुनै अज्ञात भिक्षुको रुप लिएर उनको साथ दिएको दे खिएको थियो रे । अर्कोपल्ट मध्यरातको पूजापाठको वेला स्वयं देवमाता प्रकट भएर सन्तलाई दर्शन दिएकी थिएन् रे । तर अरुले आँखा नै तिर्मिर्याउने ज्योति मात्र देखेका थिए भनिन्छ । 

जे होस्, आप्mनो सत्यनिष्ठताको परिणामस्वरुप सामान्य धर्मगुरुको रुपमा देखापरेका सन्त सेर्गेइ रादोनेज्स्की ईशाको चौद्धौं शताब्दीको रुसका धार्मिक केन्द्रविन्दु बन्न पुगेका थिए र ६ शताब्दीपश्चात् पनि रुसमा अद्यापि उनको धर्मकृतित्वको पताका फहराइरहेकै छ ... रुसमा त्यतिखेर प्रचलित पात्रोअनुसार विश्वसृष्टिको ६९०० साल (ईस्वी सन् १३९२) को २५ से प्टेम्बरका दिन सन्त सेर्गेइले मोनेष्ट्रीका सबै शिष्यहरुलाई एकत्रित गरेर अन्तिम उपदेश दिई देह विसर्जन गरे । उनले आप्mनो शव सामान्य चिहानघारीमा गाडिदिने इच्छा जनाएका थिए । तर उनको देहान्तको ३० वर्षपछि तत्कालीन रुसी अथर्नडक्स चर्चका धर्माधिकारी मेट्रोपो लिट किप्रिआनले उनलाई सन्तको उपाधि प्रदान गरेर उनको शव चर्चमा दफनाउने आज्ञा दिए । 

अद्यापि उनको पवित्र शव महामना सेर्गेइ रादोनेज्स्कीको नामबाट विभूषित त्रोइत्सा सेर्गेयभ मो नेष्ट्री भनिने रुसी अर्थाडक्स चर्चअन्तर्गतका चार प्रसिद्ध तीर्थस्थल लाभ्रा (विशाल मानेष्ट्री अर्थात् धार्मिक मठ) कै परिसरमा रहेको छ र लाखौ धर्मभीरु दर्शनार्थीहरु दिनहूँ त्यस समाधिस्थलमा यस पंक्तिकारले मास्कोबाट टाढा रहेको त्रोइत्सा सेर्गेएभ लाभ्राको कैयौंपल्ट यात्रा गरिसकेको छ र नेपाली पाठकवृन्दलाई रुसको यस पवित्र तीर्थस्थलको संक्षिप्त परिचय अर्को आलेखमा दिनांक ः मेई २०१४ ( वार) मास्को, रुस महासंघ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com