भानुद्धिसतवार्षिकी, पार्कलुमी र वनभोज (यात्रा स्पर्श )

दरिद्र नाउँ नरमा छ कसको 
 विशाल तृष्णा घरमा छ जसको
कुन हो धनि नरले कह्याको 
सन्तोषले जो छ खुशी रह्याको ।
 प्रश्नोत्तर काव्यका यी हरफहरु जुन युग जुन काल खण्डको लागि पनि उत्तिकै उपयोगी छ । सुखको खोजीमा मान्छे सुखको डङ्गुरमा हराउछ । मानौ सागरमा डुबेर पानीको प्यासी जस्तै भएर । जीवनमा सुख र दुखका कोशे ढुंगाहरु अनवरत आएका हुन्छन् । दुखजति खोकिलामा हालेर राख्छौ सुख बिर्सिदिन्छौ । त्यसैले पनि आफू दुखि हुन्छौ । 

भानुभक्तको प्रेरक घासी उसको सुख न नइश्वर कार्यको जिजीबिषामा थियो न सम्पतिको मृगतृष्णामा । उ आफनी स्निग्ध विचारद्वारा प्यासीहरुको क्लान्त शरीरमा पानी पानी पुर्याएर उपकार गर्न चाहन्थ्यो । यसैमा उसलाई सुख प्राप्ति हुन्थियो । उसैको प्रेरणाबाट भानुले काब्य रचनामा अहोरात खटेर कालजयी बने । काव्यिक रसमा सुख सन्तोष माने । नेपालका राष्ट्रिय बिभूती आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी समिति गठन भएको थियो । भानु दुई सय बर्षको स्मृति दिवस मनाउन आतुर थियौ । नेपाली वाङ्ग्मयका नेपाली लेखक कविहरूका आधारस्तम्भ भानुभक्तलाई सम्झनु हामी सबैको साझा कर्तब्य पनि हो । त्यहि कर्तब्य पुरा गर्न महिनौ देखि प्रखाई गरिरहेका थियौ । २०१४ मे २४ तारिक बिहानीको प्रखाईमा रातभरि कोल्टे फेर्दै बितेको थियो । 

बिहान कतिबेला होला भनेर कुर्दा कुर्दै बिहानीको किरण झ्यालबाट स्पर्श गर्न आइपुग्यो । बिहानीको न्यानो किरणको स्पर्शले मन फुरुंग भयो अनि जुरुक्क उठे । बाजेको नातिनी ज्वाई सब्बत खतान थियो । बेत्कनेसेत जान मोसेमा भन्दा अगाडि नै उठिसकेको थियो । ऊ बिहानै हिडेको हुनाले मलाई पनि आफ्नो कार्यक्रममा जाने तयारि गर्न सजिलो भयो । हामीले साहित्यिक कार्यक्रम संग बनभोजको पनि व्यवस्था गरेको थियौ । खानाहरुको व्यवस्था आफु गर्नु पर्ने भएकोले हामी कार्य समितिका सबै साथीहरुले काम भाग लगाएका थियौ । सुनिता राइ, निर्मला खड्का कृष्ण जी शुक्रबार बेलुका नै बिदामा निस्किसक्नु भएको थियो । बनभोजको लागि सम्पूर्ण सामानको किनमेल लक्ष्मी अनुरागी जी ले गर्नु भएको थियो । साथै उहाँले पनि आलु केराउ ,गोलभेडाको अचार र कोल्ड ड्रिंक्सहरु प्लेट चम्चा काँटा टेबलपोश सबै ल्याउने जिम्मा थियो । 

सुनिता सीस ले कार्यक्रम को सेडुल खाता धुप बत्ति, निर्मला सीसले लागि चिउरा दालमोट र अन्य केहि समान किनेर खाना बनाउन शुक्रबार बेलुका नै तरकारी पुलाउ बनाउन मधु सीस को घरमा हुनुहुन्थियो । कृष्ण जीले भानुभक्तको तस्विर र ब्यानर बनाउने जिम्मा थियो । उहाँ पनि आफ्नो जिम्माको समान लिएर शुक्रबार नै बिदामा हुनुहुन्थियो । बिजे जी केक अर्डर दिने बनाएर शुक्रबार नै अपार्टमा ल्याएर राख्ने काम गर्दै हुनुहुन्थियो । आफू बिदा नमिलेर छटपटाई रहेको थिए । मेरो जिम्मामा पनि सेल रोटि, फलफुल र फूलमाला ल्याउने जिम्मा थियो । आफ्नो घरमा बनाउन नमिलेर साथी चन्दा र देवीले सेलरोटी बनाइ दिएका । बिहान उठने बित्तिकै मोबाइल हेरे कृष्ण जी सुनिता जी निर्मला सिसहरुले खान बनाउदै गरेको तस्विर पठाउनु भएको रहेछ । राति अबेर ३ बजे अम्म खाना बनाएर बस्नु भएको रहेछ । आफू त्यहाँ हुन् नपाएकोमा उहाँहरु संग बोल्न हतारिए । सबै खानेकुरा हिजो नै बनिसक्यो । 

अब पुलाउ बनाउन मात्र बाँकी छ भन्नु भयो । त्यस पछि लक्ष्मीजी लाई कल गरे । सबै समान हिजो लिला सीस र मा भएर रातभरी तयार गर्यौ अब अचार मोलेर हामी आउछौ, भन्नु भयो । जिम्मेदार साथीहरु अनि सबै कामहरु पुरा भएकोले मन ढुक्क भयो । सबै कामहरु राम्रो भएकोले त्यहाँ पुग्न हतारिदै दिरेशलाई फोन गरे । म ८।३० मा आइपुग्छु,तयार भएर बस्नु भनेर फोन राखे । साडी लगाउन थाले । मन उडेर तेल अभिव पुगिसकेको थियो । तयार हुदै थिए संजिताको फोन आयो । हदारमा आएर बस्नु म आउदै छु भने । फलफूल,फुल माला अनि केहि कितावले ब्याक भरियो । सेल रोटि प्याक गरेर बस्नु भनेर याद लबनिमकि बहिनि देबिलाई कल गरे । समान बोकेर तल झर्दा दिरेश सहयोग को लागि ढोकामा उभिएको देखे । दुइ वटा झोला उसलाई थमाएर सारी समाउदै कारमा बसे । यादलबनिममा बहिनि देबी दुई वटा बक्साभरि सेल रोटि प्याक गरेर उभिई रहेकी थिइन । 

गाडी रोकेर सेलरोटी र अन्य समान डिकीमा राखेर तेल अभिवको लागि अगाडि बढयौ । एन आर एनको अध्यक्ष सुवास खरेल भाई पनि संगै जाने कुरा थियो । संजितालाई लिएर हामी सुवास भाइलाई एकछिन पर्खियौ । भाइ आइ हाल्नु भयो ४ जना भएर तेल अभिव हिड्यौ । बिहानको सिर सिर बतासले मदहोस स्पर्श गरिरहेको थियो । कतै सागर छेउ भएर कतै ठुला ठुला बिल्डिंगको बीच बीच बाट कार एकनाशले गुडिरह्यो । नेपाल सरकारले साहित्यकारहरुको बारेमा चासो राखेर आदिकवी भानुभक्तको उच्च सम्मान गर्दै नेपाली साहित्य फाँटका उज्ज्वल नक्षेत्र भानुभक्त आचार्यको २०० बर्ष ऐतिहसिक् रुपमा मनाउन नेपालको १४ अंचल ७५ जिल्ला र बिदेशका २३ देशमा भानुभक्त द्विसतावार्शिकी समिति गठन गरेको थियो । नेपाली साहित्यको इतिहासमा साहित्यकारहरुमा पहिलो कवि आदिकवी भानुभक्तको २०० बर्ष मनाउन नेपाल सरकारको सस्कृति प्रयटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव श्री सुशिल घिमिरेको अध्यक्षतामा भानुभक्तको द्विसतावार्षिकी मूल समारोह समिति गठन भएको थियो । त्यस मूल समारोह समितिको सदस्य पदमा मा पनि मनोनित भएको थिए । 

मूल समारोह समितिका सदस्यहरुलाई नै सम्बन्धित देशको संयोजक बनाएकोले संयोजकै अध्यक्षयतामा विभिन्न देशमा भानुभक्त आचार्यको द्विसतावार्षिक समारोह समिति गठन भएको थियो । त्यसैले इजरायलमा पनि मेरो संयोजकत्वमा भानुभक्त द्विसतावार्षिक समारोह समिति इजरायल गठन भएको थियो । इजरायलको लागि नेपाली राजदुत महामहिम प्रल्हाद कुमार प्रसाईज्यूको संरक्षकत्वमा इजरायलका साहित्यिक संस्थाका प्रतिनिधिहरु ,बुद्धिजीवी समाज सेवीको समन्वयमा मेरो संयोजकत्वमा लक्ष्मी अनुरागी, बिजे बिद्रोही९उपाध्यक्ष०, निर्मला खड्का (कोषाध्यक्ष), सुनिता राइ (सदस्य सचिव) र अन्य सदस्यहरु गरेर २१ जनाको कार्य समिति बनेको थियो । कार्य समितिका धेरै साथीहरु तेलअभिवमा हुनुहुन्थियो । त्यसैले कार्यक्रम तेलअभिवमा गर्ने निर्णय गर्यौ । कार्यक्रम तेलअभिवमा म हाइफा थिए । कार्यक्रम कसरी गर्ने भनेर साथीहरु सँग सल्लाह गर्दा सुनिता राइ जी ले बनभोज गरेर गरौ भन्ने सल्लाह अनुसार सम्पूर्ण समितिका साथीहरुले सहमति जनाउनु भएको थियो । साहित्यिक वाचन सहित बनभोज कार्यक्रम राखेका थियौ । 

कार्यक्रम त राखियो अब त्यसमा खान कसरी बनाउने, भन्ने कुरा आयो यसमा खान कसैलाई बनाउन लगाउने भन्ने सल्लाह गर्यौ र लक्ष्मी अनुरागी जीलाई बुझ्न पठायौ । एक जनाको खानको लागि नै ४० सेकेल भन्ने जवाफ आए पछी हामी आफै खान बनाउने भनेर कसियौ । थोरै खाना भए त घर बाट बनाएर घर घर बाट बनाएर ल्याए पनि हुने तर एक सय जना भन्दा बढीको खान बनाउन पर्ने , सबैको घरमा खान बनाउन पनि नमिल्ने हुदा कसैको अपार्टमेन्टमा खान बनाउन लगाउने कुरा गर्यौ । तेल अभिव मा खान बनाएर रमत्गान सम्म लैजान पनि गार्हो पर्ने भयो । त्यस पछि रमत्गानमा सहयोगी साथीहरु हुनुहुन्छ भनेर कृष्ण पक्षजी ले जानकारी दिनु भयो । त्यस पछि को संग कुरा गर्ने भनेर सोच्दै थिए सुभद्रा भण्डारी बहिनीले अर्जुन पौडेल भाइलाई स्काईपी सम्पर्क गराई दिनु भयो । जहाँ इच्छा त्यहाँ उपाए भने झैँ एक पछि अर्को साथीहरुको सहयोग मिल्दै गयो । 

अर्जुन पौडेल जीले खाना बनाउने ठाउँको लागि केहि पिर गर्नु पर्दैन मेरो घरमा र मधु दिदीको घरमा गरेर जे जे बनाउन पर्छ सबै बनाउन मिल्छ भन्नु भयो। त्यसपछि खानेकुरा पकाउने टेन्शन पनि हरायो । भानुभक्तको दुइ सय बर्ष इजरायलमा भब्यताको साथ मनाउन हामी सबै जना दत्तचित्त भएर लागेका थियौ । प्रवासको बसाई अर्काको खटन भने जस्तो सोचे जस्तो केहि नहुने । आउछु भनेका कार्य समितिका कतिपय साथीहरु अन्तिम चरणमा आउन पाउदिन भन्दै फोन गर्नु भयो । हामी आधा बाटो जति पुग्दा कृष्ण पक्ष थापा जीले हामीले कार्यक्रम स्थलमा कुर्सि टेबल राखेर कार्यकम स्थल सुरक्षित गरिसक्यौ तपाइँ ढुक्क भएर आउनु भए हुन्छ भनेर कल गर्नु भयो । फोनमा कुरा गर्दा गर्दै एक घण्टा १५ मिनेटमा पार्क लुमी आइपुग्यौ । कारलाइ जी पी एसमा राखेर आएकोले पार्क लुमि नजिकैको सफारी स्ट्रिटमा ओर्लियौ । सबैले एउटा एउटा समान बोकेर पार्कतिर लाग्यौ । फराकिलो पार्क, दुबो झैँ हरियो घाँसले सजिएको थियो ।

 पार्कका बीच बीचमा झ्याम्म परेको रुख अनि एकापट्टी पुलिस स्टेशन ठाउँ ठाउँमा बनभोज खान जम्मा भएका मानिसहरुका जमघट , पार्कमा निर्वाद खेलिरहेका केटाकेटीहरु, नजिकैको पोखरी पानीको फोहोरा यी सबै दृश्यहरुले मन अरु रोमान्चित भयो । पार्कमा पस्नासाथ कृष्णपक्ष जी समा श्री,अर्जुन पौडेलजीहरु एउटा रुख मुनि टेबल अनि कुर्सीहरू राखेर बसिरहनु भएको थियो १हामी ४ जना थपिदा ८,९ जना भयौ । अनि लक्ष्मी जी सुनिता जी निर्मला जीलाई पनि कति बेला आइपुग्नु हुन्छ भने कल गर्यौ । साथीहरु एक पछि अर्को गर्दै करिव ११ बजे सम्म ५०,६० जना जम्मा भैसकेका थियौ त्यसैले राजदुत सरलाई आउन अनुरोध गर्यौ । हामीले आफ्ना निमन्त्रणा गरेका साथीहरु सम्पूर्ण आइदिनु भयो । सर पनि हामीले कल गरेको आधा घण्टा मा आइपुग्नु भयो । सुनिता जीले कार्यक्रम शुरु गर्नु भयो । जसरी सम्पूर्ण नेपालीहरुलाई भावनात्मक एकतामा बाध्ने प्रेरणा भानुभक्तबाट मिल्यो त्यसै गरि हाम्रो संम्पूर्ण साहित्यिक साहित्य अनुरागी साथीहरु भावनात्मक रुपमा एक भयौ । 

कार्यकम औपचारिक र अनौपचारिक गरि दुइ चरणमा विभाजित थियो । नेपाली राष्ट्रिय गानको सुमधुर धुनसँगै पानसमा दिप प्रज्वलन गरी शुरुवात गरिएको कार्यक्रममा मेरो सभापतित्व थियो । भानुभक्तको जन्म दिनको शुभकामना लेखिएको केक काटेर भानुको तस्विरमा फुल माल्यार्पण गरी साहित्यिक वातावरणमा कार्यक्रम अगाडि वढाइएको थियो । कार्यक्रममा समितीकी सदस्य समाश्रीले स्वागत मन्तव्य दिंदै कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी महामहिम प्रसाईले इजरायलमा रहेर पनि आदिकवी भानुभक्त आचार्यको २ सयौ जन्मोत्सव मनाउन पाउनु एउटा अभुतपूर्व अवसर भएको बताउदै राष्ट्रिय विभुती आदिकवी भानुभक्तको यस ऐतिहासिक कालखण्डलाई नेपाल लगायत संसारभरी नै मनाउन नेपाल सरकारले पनि निकै पहल गरेको बताउदै यस महत्वपूर्ण अवसरमामा उलेख्य नेपालीको जमघट हुनु पर्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै नेपाली राजदूतावासका मिनिस्टर काउन्सिलर तथा उपनियोग प्रमुख खड्ग प्रसाद दाहालले आदिकवी भानुभक्त आचार्यको द्विशतबार्षिकी आफ्नो मातृभुमीबाट यति धैरै टाढा रहेर पनि आफ्नो कला, संस्कृति र साहित्यको प्रवर्धनका खातिर लागि परिरहेका हुन्छौं भन्दै भाषा र साहित्य समाजको प्रतिविम्व भएकोले समाज र देशलाई अगाडि वढाउन त्यसले पृष्टपोषकको रुपमा काम गरिरहेको बताउनुभयो । 

काउन्सिलर दाहालले आदिकवी भानुभक्तले सृजना गरेका कविताका श्लोकको चर्चा गर्दै भानुभक्तले आफ्नो भौतिक जीवनकोलागि मात्र नभई सामाज र राष्ट्रकोलागि पनि केही गर्नुपर्छ भन्ने कुराको अर्ति उपदेश दिने खालका कविताहरु सृजना । आज आदिकवी भानुभक्त आचार्यले नै ३ करोड नेपालीहरुलाई नेपाली भाषा र साहित्यको रश्वस्वाधन गर्न सिकाएको र आज त्यही नेपाली भाषी भएकै कारण यति धेरै नेपालीहरु यहाँ जम्मा भएको बताउदै आदिकवी भानुभक्त आचार्यलाई आफूले राष्ट्रिय एकताको प्रतिकको रुपमा देखेको बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै अनेसास इजरायलका अध्यक्ष कृष्णपक्ष थापाले भानुभक्त आचार्यले नेपाली साहित्य जगतलाई दिएको योगदान अतुलनिय रहेको वताउदै नेपालीहरुमा विभिन्न जाति र समुदायमा विविध किसिमका मातृभाषाहरू वोलिएपनि राष्ट्रव्यापी रुपमा नेपाली भाषाको बोलीचाली हुनु नेपाल र नेपालीहरूको लागि महत्वपूर्ण रहेकोले आदिकवी भानुभक्त आचार्यले भाषिक एकिकरण गर्नुभएको वताउनु भएको थियो । भानुभक्त द्विशतवार्षिकीकी इजरायल संयोजक तथा उक्त कार्यक्रमका सभापती भएकोले मैले औपचारिक कार्यक्रमको समापनको जिम्मा मेरो नै थियो । 

नेपाली सम्पूर्ण नेपालीलाई भावनात्मक एकतामा बाध्न सक्ने कालजयी साहित्यकार तथा युगौ युगसम्म नायक बनिरहने काम गर्ने भानुभक्तको द्विशतबार्षिकी मनाउन विदेशका २३ राष्ट्रहरु मध्ये नेपाल सरकारले इजरायल पनि एक परेको थियो । अनि यस समारोहको संयोजक बन्ने सु अवसर पनि प्राप्त भएको थियो । नेपाल सरकारले चासो राखेर विश्वमा छरिएर बसेका साहित्यकारहरुलाई एकै मालामा गास्ने काम गरेको थियो । सरकारको यस कार्यले इजरायलमा पनि साहित्यकारहरु रहेछन भन्ने नेपाल सरकारको डायरीमा लेखिएको प्रमाण यहाँ पनि भानुभक्त द्विबार्षिकी समिति गठन हुनु हो । सम्पूर्ण इजरायलमा कार्यरत साहित्यकार साहित्य अनुरागी नेपालीहरुको प्रतिनिधत्व गर्ने शुभ अवसर दिएकोमा आफ्नो ब्यतिगत तर्फबाट र सम्पूर्ण इजरायलवासी नेपालीहरुको तर्फबाट नेपाल सरकारप्रति हार्दिक कृतज्ञता प्रकट गरे । कार्यक्रम सफल बनाउनको निम्ती साथ र सहयोग पुर्याउनुहुने सम्पूर्ण साहित्यिक मन तथा सहयोगीहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै औपचारिक कार्यकम समापान गरेकी थिए । 

औपचारिक कार्यक्रमको समापन पछि लक्ष्मी अनुरागी जीले अनौपचारिक कार्यक्रम संचालन गर्नु भएको थियो । मिठा मिठा कविता गज़ल मुक्तक र गीतहरुले कार्यक्रमको रौनक थपिएको थियो । कोहि साथीहरु पखेटा पोल्न व्यस्त थिए । कति काम मा फर्कन हतारले खान खादै थिए । कति साथीहरु फोटो खिचाउनमा व्यस्त देखिन्थे । इजरायलको रमातागानस्थित पार्क लुमी साँच्ची नै साहित्यकार, साहित्यिक अनुरागीहरूका लागी सृजनाको खानी वन्न सक्ने रमणिय ठाउँ थियो । एक पल्ट पनि नभेटिएका कति साथीहरुको उपस्थिति देखिन्थियो । एकै देश एकै परिस्थितिको काम गरेर पनि बिभिन्न भू भागमा भएकोले भेटघाट गर्ने अवसर जुरेको थिएन । यस कार्यक्रमले हामी सबैलाई एक अर्कामा परिचित हुन् , दुख सुख साट्न, आत्मियता बाड्न ठुलो मद्दत पुर्याएको थियो । 

इजरायलका मिडिया कर्मीहरु श्री कृष्ण भण्डारी, अर्जुन जैसवाल पुष्प श्रेष्ट अनि उहाका सम्पूर्ण टिमको उपस्थिति थियो । खुल्ला पार्कमा आफ्नै गाउघरमा बनभोज जदाको पलहरु झल्झली सम्झना आएको थियो । सबैलाई काममा फर्कंनको हतारो बोलेर बस्न फुर्सद नभए पनि आँखा आँखाले बोलेर अंकमाल गरेर एकार्कामा आत्मियता साटिरहेको देखिन्थियो । सम्पूर्ण साथीहरुको सहयोग सहकार्यमा कार्यक्रम भब्यताको साथ सम्पन्न भयो । कार्यक्रममा अहोरात खटेर काम गर्नु हुने लक्ष्मी अनुरागी, निर्मला खड्का, सुनिता राई, कृष्ण पक्ष, बिजे बिद्रोही,मधु खड्का,अर्जुन पौडेल जीलाई जति धन्यवाद दिए पनि कम हुन्छ । सुवास खरेल भाइ जसले एक बचन केक बनाई दिने आग्रहलाई सहर्ष स्वीकार गरि भानुभक्तको जन्म दिन लेखेको केक सौजन्य गर्नु भयो । 

कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु, मेरा आत्मीय मित्रहरु हरि जी, यस जी,रजनी अम्बिका अन्य उपस्थित साथीहरु जसले आ आफ्नो क्षेत्रबाट प्रत्यक्ष अपत्यक्ष क्षेत्रबाट जति पनि सहयोग गर्नु भयो । सहभागिता जनाई दिनु भयो उहाँहरु प्रति कृतज्ञ छु । २०१४ मे २४ अर्थात् २०७१ साल को जेठ १० गते पार्क लुमिको सौन्दर्यता, साथीभाइहरु सँगको भेटघाट बनभोज आनन्द छोड्न मन थिएन तर समयले नेटो काटी सकेकोले घर फर्किन आतुर भय । हाइफा आइपुग्नु पर्ने भएकोले साथीहरुलाई कार्यक्रम स्थलमा छोडेर हामी हाइफातिर लाग्यौ । भानुको ३०० बर्ष मनाउन हामी यो धर्तीमा हुने छैनौ २०० बर्षको यो ऐतिहसिक कार्यक्रम भने हाम्रो मानसपटलमा जीवनभर रहने छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com