३२ औ ए एन ए सम्मेलन रजिस्ट्रेसन फि (दर्ता शुल्क )$ १५.०० मात्र I

जेष्ठ २ ९,भर्जिनिया

विजय थापा : ३२ औ ए एन ए डिसी सम्मेलनमा पुर्व सूचना गरिएको ए एन ए रजिस्ट्रेसन फि (दर्ता शुल्क )$ २० .०० डलर बाट घटाई केवल $ १५.०० पन्ध्र डलर गरिएको छ । 

 समुदायको चाहना र आग्रहलाई मध्यनजर गर्दै $ २०.०० डलर बाट १५.०० डलर कायम गरिएको जानकारी गराईएको छ ।  

उक्त १५.०० डलर बाट उठेको रकम मध्ये १ डलर नेपाल शैक्षिक तथा सांस्कृतिक केन्द्र म्यारिल्याण्डलाई जाने छ भने र अर्को एक १ डलर ए एन ए नेपाली साहित्य प्रतिष्ठानलाई जाने आयोजकले बताएका छन् । 

३२ औ ए एन ए सम्मेलनको लागि अग्रिम रुपमा दर्ता गर्नु भएका महानुभावहरुको हकमा $५.०० डलर फिर्ता गरिने जानकारी दिइएको छ भने सम्मेलन नजिकिदै गएकोले चाडो भन्दा चाडो सम्मेलनको लागि दर्ता गर्न आग्रह गरेको छ । बिस्तृतको लागि सम्मेलन वेब (संजाल ) www.anadcconvention2014.org हेर्न आग्रह गरिएको छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com