जनप्रगतिको १९ औं साधरण सभा I

 चितवन २४ जेठ ,

जनप्रगति सामुदायिक वन उपभोक्ता समुह शक्तिखोरको १९ औं साधर ण सभा तथा पाँचौं अधिवेशन आज सम्पन्न भएको छ । सामुदायिक वन उपभो क्ता महासंघ चितवनका अध्यक्ष सुरवीर पोखरेल प्रमुख अतिथि रहनुभएको सो कार्यक्रम समुहका अध्यक्ष लेख बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । 

कार्यक्रममा नेपाली काँग्रेसका विरबहादुर थापा,नेकपा एमालेका तपलाल पुरी,एनेकपा माओवादीका भरत ढुंगाना,नेकपा–माओ वादीमा रेशम श्रेष्ठ,चर्तुमुखी उच्च माविका निमित्त प्रधानाध्यापक पूर्ण बहादुर पुरी,जिल्ला वन कार्यालय चितवनका प्रतिनिधि रामजीबाबु श्रेष्ठ लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा कोषाध्यक्ष मानबहादुर खडकाले आर्थिक र सचिव विष्णुमया रायमाझीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अधिवेशनले वनको नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com