गजल :By, मानन्धर अभागी


गजल:

आज किन किन मलाई खै गम्भीर बनायो
आज मलाई विधाताले यो तक्दिर बनायो

बाबु विनाको म छोरो नागरिकता लिन जाँदा
किन यो सरकारले आज मुसाफिर बनायो

यहीं हुर्कें यहीं पढें तर यो सरकारले
यी दुई हात गोडामा किन जंजीर बनायो

चुनावको त्यो दिनमा मलाई प्रयोग ग¥यो
पर्दा हिजो आफूलाई किन खातिर बनायो

मेरी आमा नेपाली हुन् सवुत प्रमाण छ
नागरिकता नदिन आज जिकीर बनायो ।

  मानन्धर अभागी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com