गजल: By, गोविन्द भवुक


 गजल:

आसुँ संगै हाँसो खुशी बगी जाने रित कस्तो
मैंले हार्दा उस्ले जित्ने अनौठो त्यो जीत कस्तो!

पछी बाट भाला रोप्छ सामुन्नेमा कस्तो आदर
अप्ठ्यारोमा खुट्टा तान्ने अजम्बरी मित कस्तो!

थोपो पानी नभेटेरै मर्छ कोही रेगिस्तानमा
जहाँ फुट्छ पानीको मुल त्यहीं हेर शित कस्तो!

धन्य दैव तिम्रो लीला कोख एउटै बिचार भिन्न
छिनमै बहार छिनमै उजाड मानविय हित कस्तो!

कोही मर्छ बिरानीमा कोही रुन्छन सिरानीमा
पीडा भुल्न धोको फेरी रुँदा मर्ने धित कस्तो!

  गोविन्द भवुक




 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com