मुक्तक :
समाजलाई परिवर्तन गराउने गीत लेखौ
छुवाछुतको अन्धबिश्वास हटाउने रित लेखौ
अन्याय र अत्याचारमा पिल्सिएका जनताको
पिर मर्का बेदनालाई मनन गर्दै हित लेखौ
त्यो अपाङ्गले यसो भन्दै भावुक बनायो
कस्ले होला गोली बारुत बन्दुक बनायो
अजम्बरी छैन कोइ मर्नुपर्छ एकदिन सब
लोभि मनले यहाँलाई सबैलाई अपुग बनायो
मान थापा 'बुलन्द'
बाग्लुङ गल्कोट
हाल काठमाडौं