गजल :By, श्रीभक्त पौडेल ¨आफन्त¨


गजल :By, श्रीभक्त पौडेल ¨आफन्त¨

आगो भन्यौ तर जलाउन सकिन जिन्दगी
पानी भन्यौ तर तलाउन सकिन जिन्दगी

फक्रन दिएनौ टिपेर, कोपिला मै त्यसैले
 फल भन्यौ तर फलाउन सकिन जिन्दगी

हर मोडमा खतराको, संकेत् पाएं मैले 
छिटो भन्यौ तर चलाउन सकिन जिन्दगी

कुमालेको हातको कला जस्तो भन्यो त्यस्तै
माटो भन्यौ तर गलाउन सकिन जिन्दगी

फुल भन्दा धेरै यहाँ कांडाहरु साथ मेरा
 मुल भन्यौ तर पलाउन सकिन जिन्दगी

श्रीभक्त पौडेल ¨आफन्त¨
रामपुर चितवन
हाल स्पेन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com