कविता, "धर्म केलाई भाक्ने "? : By, निशा खनाल


"धर्म केलाई भाक्ने "?

विश्व भरी भ्रमण गर्ने ,नशा भारी बोकी,
 वाण लाग्यो तरंगको ,निष्ठुरी पो हो कि ।
पैरों आई पहाडको, थुनिएछ नदी,
 अलपत्र पानी जस्तै ,न माथि न अघी ।

पौरखछन जाँगरमा भावनामा इश ,
सन्याशमा शान्ति मिल्छ ,अज्ञानमा रिष ,।
 स्वार्थ बढे द्वन्द बढ्छ ,प्रक्रितिको रित ,
 टाढै हुन बेस हुन्छ ,ज्यादै प्रिय सित,।

छिया छिया भयो दिल ,चुडिने हो कैले?
त्रिष्णा गयो क्षितिजमा, मुनाहरु वैले ।
 छैन भर त्राश वढ्यो ,भत्तकेको चौतारी,
जीन्दगानी जाने होला ,यसै गरि,गरी ।

किसानको हलो जुवा ,कोदालो को भर,
गोठालाको वस्तु गोठ, तस्कर को डर,
सुकुम्वासी हासी हासी ,आशा मारी बाँच्ने,
स्वर्ग जाने ईच्छै छैन ,धर्म के लाई भाक्ने?

निशा खनाल अर्याल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com