गजल :
युद्घ गर्न मेरा गजल तम्तयार छ
लाचार भै दुश्मन हटेको समाचार छ
जसले चौकीदार गर्छ माया प्रितिमा मात्र न भै
यो देशको रखवाला सच्चा वफादार छ
जाइ लाग्न सोची हेर एकपटक फेरिपनि
छुने कोशिश नगर्नु लाग्ने धारिलो धार छ
जो जसको आँखाको कसिङ्गरै भएपनि
थोरै समयमा आज गजल चमत्कार छ
सोच्दै नसोचेको यहाँ गजलले छलाङ्ग मार्दा
जताततै आजकाल ‘गजल’ दम्दार छ ।
मानन्धर अभागी