माडीको कल्याणपुर गाविसलाई आज पुर्ण साक्षर गाविस घोषणा I

माडी बैशाख २२ ,

सरोज खनाल : माडीको कल्याणपुर गाविसलाई आज पुर्ण साक्षर गाविस घोषणा गरिएको छ । अनौपचारिक शिक्षा कार्यक्रमबाट साक्षर बन्नुभएकी कार्यक्रमका प्रमुख अतिथी नरमति चापागाईंले आफ्नो नाम संगै क लेखेर पुर्ण साक्षर भएकोे घोषणा गरिएको छ । 

प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथीहरु चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल तथा स्थानिय विकास अधिकारी तिलक पौडेलले ब्यानर खोलेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उपस्थित सरोकारवालाहरुले पुर्ण साक्षर गाविस घोषणा हुनु आंफैमा सराहनीय र सकारात्मक कार्य भएको भन्दै शिक्षाको पहुंचमा अरु क्षेत्रका निरक्षरलाई पनि समेट्नुपर्ने सुझाव दिएका थिए । 

त्यस्तै जिल्ला शिक्षा अधिकारी शर्माले माडीका अरु गाविसलाई पनि पुर्ण साक्षर गाविस घोषणा गर्ने कार्यको तयारी भैरहेको बताउनुभयो । तर पुर्ण साक्षर गाविस घोषणा भैरहंदा घोषित कल्याणपुर गाविसमै निरक्षरको संख्या पनि धेरै नै रहेको भन्दै यथार्थ तथ्यांक र जानकारी विना नै साक्षर गाविस घोषणा गरिएको भन्दै उपस्थित मध्येका केहिले आलोचना गरेका थिए । 

कार्यक्रममा जनकल्याण माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेशमलाल आचार्यले स्वागत मन्तव्य तथा गाविस अध्यक्ष ईन्द्र प्रसाद काफ्लेले समग्र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कल्याणपुर गाविसका विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरुले झांकी तथा नृत्य प्रस्तुत गरेका थिए । 

त्सस्तै कार्यक्रममा गाविसमै उत्कृष्ठ अंक ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान पनि गरिएको थियो । जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम भण्डारीले संचालन गर्नुभएको कार्यक्रम गाउं शिक्षा समिती कल्याणपुरका अध्यक्ष ईन्द्र प्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com