धरान बैशाख २९,
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा सोमवार २२ जना नर्सलाई सम्मान गर्ने भएको छ । १ सय ९४ औं अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसर पारि प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेर १५ वर्ष सेवा गरेका नर्सिङ शिक्षक तथा नर्सिङ कर्मचारीहरुलाई सम्मान गर्न लागेको हो ।
दिवसकै अवसरमा परम्परागत नर्सिङ शिक्षालाई आगामी दिनमा कसरी अघि बढाउदै जाने भन्ने विषयमा छलफल समेत आयोजना गर्ने तयारी भएको प्रतिष्ठानका सुचना अधिकृत सुजेन्द्र तामाङले बताए । ‘नर्सिङ कर्मचारी, नर्सिङ शिक्षकले विरामीहरुलाई कस्तो व्यवहार गर्ने, विरामीहरुको उपचारका लागि कसरी अघि बढ्न सकिन्छ भन्ने विषयलाई जोड दिदै कार्यक्रम आयोजनाको तयारी गरेका छौं ।’ तामाङले भने ।(स्वास्थ्य)