बाँझोपन भएका पुरुषको मृत्यु चाँडैं I

एजेन्सी जेठ ५,

वीर्यका कारण बाँझोपनाको समस्या भएका पुरुषहरुको कम उमेरमै मृत्यु हुने एक अनुसन्धानले खुलासा गरेको छ । अनुसन्धानकर्ताहरुले वीर्यमा दुईभन्दा बढी असामान्यपन भएका पुरुष सामान्य अवस्था भएका भन्दा चाँडो मर्ने सम्भावना दुई गुणा बढी भएको बताएका हुन् । 

स्टानफोर्ड विश्वविद्यालयका युरोलोजीका सहायक प्राध्यापक डा. माइकल आइजेनवर्गका अनुसार धूमपान गर्ने र मधुमेह भएका व्यक्तिको मृत्यु हुने खतरा दोब्बर हुने भएकाले बढी सचेत हुनुपर्छ । यसैगरी पुरुषमा हुने बाँझोपनले पनि उस्तैगरी मृत्युको खतरा दोब्बर पार्छ । उनले यसबारेमा अध्ययन भने जारी रहेको बताए । 

विकसित देशमा बाँझोपनको समस्या व्यापक छ । सात दम्पत्तिमध्ये एकजना यस्तो समस्याबाट पीडित छन् । डा. आइजेनवर्गले बाँझोपन र मृत्युको संबन्धका बारेमा जारी यो अध्ययन एकतिहाईमात्र सकिएको बताए । सन् १९९४ देखि २०११ को बीचमा २० देखि ५० वर्षबीचका १२ हजार पुरुषमा गरिएको अध्ययनले यो तथ्य पत्ता लागेको हो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com