आज हामी छिमेकी मुलुक भारतमा हालै सम्पन्न लोकसभा चुनाव र अब बन्ने मोदी सरकार, अनि त्यसले नेपालमा पार्न सक्ने प्रभावका बारेमा एक जना परराष्ट्रविद्, जो भारतमा लामो समय राजदुत भएर काम गर्नु भयो, उहांसँग कुराकानी गर्दैछौ ।
भारतमा हालै भएको १६ औ लोकसभा निर्वाचनबाट भारतिय जनता पार्टी बहुमतसहित सरकारमा आएको छ भने एक दशक देखि सत्ता वरीपरि रहेको कांग्रेस आई बाहिरिएको छ । नेपालको शान्ति प्रक्रियामा सहयोग पु¥याएको भारतीय राष्ट्रिय कांग्रेसको लज्जास्पद पराजय तथा हिन्दुत्व र राष्ट्रवादको नारा निकै उचाल्ने भारतीय जनता पार्टीको सत्तारोहणले नेपालमा कस्तो प्रभाव पार्ला ? गणतन्त्र घोषणा र अझ त्यो भन्दा पनि नेपाल धर्म निरपेक्ष भएको भाजपाले मन पराएको छैन भन्ने विश्लेषण पटक पटक हुने गरेको छ ।
अब भाजपा सरकारले लिने विदेश नीतिले संविधान लेखनका क्रममा रहेको नेपाललाई कस्तो असर पार्छ त ? आज हामी भारतीय चुनावी परिणाम र त्यसको समग्र प्रभावका बारेमा बहस गर्दैछौ । र आजका मेरा अतिथि हुनुहुन्छ भारतका लागि राजदूत भइसक्नु भएका परराष्ट्रविद् डा. भेषबहादुर थापा । विक्रम सम्बत १९९२ सालमा तनहु जिल्लामा जन्मिनु भेषबहादुर थापाले संयुक्त राज्य अमेरिकाको क्लेरमोण्ट विश्वविद्यालयबाट अर्थशास्त्र विद्याबारिधी गर्नुभएको छ । नेपाल राष्ट्र बैंकको गर्भनरको जिम्मेवारी समेत बहन गरिसक्नु भएका उहाँले भारत र अमेरिका गरी १४ बर्ष नेपाली राजदूत भएको काम गरिसक्नु भएको छ । आउनुहोस स्वागत गरौ आजका मेरा अतिथि परराष्ट्रविद डा. भेषबहादुर थापालाई...