रक्तदान गर्न अमेरिकाबाट बर्मुडा I

 भर्जिनिया बैशाख २३,

विजय थापा अन्तर्राष्ट्रिय नेपाली रक्तदाताका अधक्ष्य अर्जुन मैनाली रक्तदान अभियानलाई विश्वव्यापी बनाउने हेतुले गत मे २ तारिख न्युयोर्कबाट बर्मुडामा पुगी ११६ औं पटक रक्तदान गरि फर्केका छन भने उनले यस अगाडी मार्च १०मा रक्तदानलाई व्यापक बनाउन लण्डन गै रक्तदान गरेका थिए । 

बर्मुडा अस्पताल संचालक समितिका निर्देशक डा. किथ कनिन्घमले मैनालीलाई यो अभियानले बर्मुडाबासी नेपालीलाई मात्र नभएर बर्मुड़ेलीहरूलाई पनि रक्तदान गर्न प्रेरणा र हौशला मिलेको कुरा गरेको मैनालीले बताए । उनले मैनालीलाई विश्वव्यापी रक्तदान अभियानको लागि शुभकामना पनि दिएका छन् । 

हाल बर्मुडामा जम्मा ४२ जना नेपाली छन् भने त्यसमध्ये ९ जनाले अर्को साता मे ९ मा रक्तदान गर्ने भएका छन् । जुलाई १२ मा मकाउका नेपालीहरूसँग रक्तदान गर्ने योजना रहेको मैनालीले बताए । प्रवासमा नेपालीहरूले रक्तदान कार्यक्रम आयोजना गर्ने देशको संख्या १८ पुगेको छ । बर्मुडा रक्तदान गरेर बेलुका नै न्युयोर्क फर्केको मैनालीले बताए । 

बर्मुडा अध्यागमन कार्यालयका अधिकृतले, "रक्तदान गर्ने भनेर त्यति टाढाबाट आउनु र दोहोरो टिकटको मूल्यलाई सहज लिनु भएको उत्साह देखेर म पनि रक्तदान गर्ने सोचमा छु भने । बर्मुडा, अमेरिकाको पूर्वी किनारानजिकै उत्तरी आन्ध्र महासागरमा छ भने ५३ वर्ग किलोमिटरको बेलायती अधिनको यो मुलुकमा बर्मुडामा ६४ हजार मानिस बसोबास गर्छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com