गजल :
(मनु दाइमा समर्पित भाव ) आचार्य प्रभा)
गजलभित्रै तिम्रो साथ पाइेरहुँ सधैं
गजल यी धुनसँगै गाइेरहुँ सधैं ।
गजलका हस्ती तिमी कथाकार पनि
तिमीसँगै गजलप्रीत लाइेरहुँ सधैं ।
आजन्म नै कलमको भरौटे जो बन्यौ
छाँया बनि तिमीसँगै छाइेरहुँ सधैं ।
बाध्यताले हाम्रो साथ छुटे केही छैन
सम्झनामा वरिपरि आइेरहुँ सधैं ।
यो देहले,त्यो देहलाइे टाढा छाडेपनि
"मनु" भन्दै तिम्रै सामु धाइे रहुँ सधैं !!!
आचार्य प्रभा
अमेरिका