काठमान्डू जेठ ४,
सुर्खेतकी सुजाता शर्मा एउटी छोरीकी आमा हुन् । छोरी पाँच वर्ष पुगेपछि उनलाई अर्को सन्तानको चाहना भयो । दोस्रो बच्चा छोरा भइदिए हुन्थ्यो भन्ने उनलाई पनि नलागेको होइन । गर्भमा बसिसकेको सन्तान जे भए पनि स्विकार्न तयार थिइन् उनी । तर, परिस्थिति उनको वशमा रहेन ।
परिवार वंशलाई निरन्तरता दिन पनि छोरो चाहन्थ्यो । परिवारकै दबाबमा पुतलीसडकस्थित क्यापिटल नर्सिङ होममा पाँच हजार रूपैयाँ खर्चिएर भ्रुणको लिङ्ग पहिचान गरियो । छोरा चाहने परिवारले गर्भमा छोरी भएको थाहा पायो । घरायसी दबाबका सामु उनको केही जोड चलेन । अस्पतालमा लिङ्ग पहिचानपछिको गर्भपतन शुल्क २५ हजार भए पनि भनसुनबाट छुटसहित १५ हजार रुपैयाँ तिरेर उनको छोरीको गर्भमै हत्या गरियो ।
लिङ्ग पहिचान गरेर गर्भपतन गराउन खोज्दा दाङ तुलसीपुरकी कष्णा वलीले ज्यान गुमाउनुप¥यो । तीन छोरीकी आमा कृष्णाको परिवारलाई पनि छोराको तीव्र चाहाना थियो । त्यसैका लागि उनले बुटवल गएर भ्रुणको लिङ्ग पहिचान गराइन् । यति समयसम्म २४ हप्ता बितिसकेको थियो । तुलसीपुरस्थित अन्नपूर्ण मेडिकल हलकी सञ्चालक गीता ढकालले गर्भपतन आफ्ना लागि सामान्य भएको बताए पनि गर्भपतन गराउँदा कृष्णाको ज्यानै गयो । छोरी भएकै कारण गर्भभित्र मारिने मात्रै होइन, जन्म दिइसकेपछि छोरीहरू फालिने क्रम पनि उस्तै छ । गत वैशाख २२ गते जनकपुरमा सालनालसहित नवजात शिशु (छोरी) सडकमा भेटिइन् । छोरी भएकै कारण छाडेर हिँडेको अनुमान प्रहरीको छ । यसैगरी, वैशाख २१ गते महाराजगञ्जमा भेटिएको शिशुको लिङ्ग नै खुल्न पाएन । ‘कुकुरले खाइसकेको थियो,’ शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका चिकित्सक डा. हरिहर वस्ती बताउँछन् ।
उल्लेखित परिदृश्यले नेपालमा छोरी भ्रुण हत्याको बढ्दो प्रवृत्तिको प्रतिनिधित्व गरे पनि यो समस्या पछिल्ला दिनमा विश्वकै लागि टाउको दुखाइको विषय बनेको छ । नेपालको सन्दर्भमा यकिन तथ्यांक नभए पनि यूएनएफपीएका अनुसार हरेक वर्ष विश्वभरि करिब १६ करोड ३० लाख छोरी बेपत्ता पारिन्छन् । तिनीहरूमध्ये कोही सडकमा, कोही नालामा त कोही फोहोरको डङ्गुरमा भेटिन्छन् । धेरै छोरी त गर्भबाटै हराउँछ । किन हराउँछन् त यसरी छोरीहरू ? यसको एउटै उत्तर हुन्छ, ‘उनीहरू छोरा थिएनन् ।’ नेपाली समाजमा छोरीलाई भगवान् लक्ष्मीको प्रतीकका रूपमा हेरिए पनि वंश चलाउन छोरा चाहिन्छ भन्ने सोच उत्तिकै बलियो छ ।
समाजशास्त्रीका भनाइमा समाजले धार्मिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक रूपमा पनि छोरालाई नै बढी महत्व दिएको छ । यस्तै कारणले वर्षौंदेखि छोरीहरू लैङ्गिक भेदभावको शिकार भएका छन् ।
चिकित्सा विज्ञानले भ्रुणको लिङ्ग पहिचान गर्ने प्रविधि विकास गरेपछि छोरीहरूको जन्मपूर्व नै हत्या गरिने विकृति मौलाउँदै गएको छ । धेरै देशमा लिङ्ग पहिचानपछि गरिने गर्भपतनलाई गैरकानुनी मानिए पनि चिकित्सकहरूको मिलेमतोमा भ्रुण हत्या बढ्दै गएको छ । यसले महिलाको स्वास्थ्यमा जोखिम पार्नुका साथै महिला र पुरुषको संख्यामा रहेको सन्तुलनलाई समेत बिगार्दै लगेको छ । विज्ञहरू यसको असरले सामाजिक संरचना भत्कने, बलात्कार, हिंसा, अपराधका घटना बढ्ने र जैविक रूपमा समेत गम्भीर खतरा पुग्ने औल्याउँछन् ।

भयावह बाटोमा नेपाल
भ्रुण हत्याको प्रवृत्ति नेपालमा कतिसम्म बढ्दै गएको छ भन्ने कुरा विभिन्न ठाउँमा भेटिएका शिशुका शव र जनसंख्यामा देखिएको असन्तुलनले पनि पुष्टि गरिसकेको छ । शिक्षण अस्पताल फरेन्सिक मेडिसिन विभागमा ०६९ सालमा प्रहरीले पोस्टमार्टमका लागि ४२ वटा भु्रण र नवजात शिशुका शव पु¥याएको थियो । यीमध्ये १६ छोरी, १२ छोरा र १४ वटा लिङ्ग पहिचान गर्न नसकिएका शव थिए । अधिकांश शव गर्भपतन गरी फालेका, राम्रोसँग नगाडिएकाले जनावरले खोस्रेर निकालेका, केही अस्पतालमा मृत जन्मिएका र केही नियतवश मारेर फालिएका रहेको डा. वस्तीको भनाइ छ ।
नियतवश मारिने नवजात शिशुको मुखमा पान, कपास वा कागज घुसारेर, घाँटी थिचेर र टाउकोमा चोट लागेर मृत्यु भएको पाइएको डा. वस्ती बताउँछन् । डा. वस्तीलाई लाग्छ मान्छेले भु्रण वा नवजात शिशु मानिस नै नठानेर यस्तो व्यवहार गरिरहेको छ । उनका अनुसार किन यसरी निर्ममतापूवर्क भ्रुण वा शिशु मारिन्छन् भन्ने प्रश्नको जवाफ कसैसँग छैन । उनी भन्छन्, ‘न अनुसन्धान भएको छ, न सरोकारवालाहरूको ध्यानै गएको छ ।’
अनिच्छित गर्भधारण, लिङ्ग पहिचान र श्रीमान् विदेश भएका महिलाको गर्भ नै भ्रुण हत्याको प्रमुख कारण रहेको अपराध अनुसन्धान महाशाखाका डीएसपी उमाप्रसाद चर्तुवेदीको भनाइ छ । खासगरी, सबै प्रकारका भु्रण हत्याको प्रवृत्ति तराई क्षेत्रमा बढी छ । वरिष्ठ बालरोग विशेषज्ञ डा. निलम अधिकारी भन्छिन्, ‘लिङ्ग पहिचानपछि गरिने गर्भपतनको असर सामाजिक, सांस्कृतिक र जैविक असन्तुलनमा पनि पर्छ ।’ जनसांखिक सन्तुलनका लागि लिङ्गको अनुपात १०० महिलामा १०२ देखि १०६ पुरुष हुनुपर्छ । यो अनुपात १०८ भन्दा बढी भयो भने त्यहाँ असमानता बढ्छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा कुल लैङ्गिक अनुपात प्रति १०० महिलामा पुरुषको संख्या ९४ दशमलव १६ प्रतिशत मात्र छ । तर १० वर्षभन्दा माथिका पुरुषको संख्या ४० दशमलव ६ प्रतिशत र महिलाको संख्या ३१ दशमलव १ प्रतिशत छ । राष्ट्रिय जनगणना २०५८ मा लैङ्गिक अनुपात ९९ दशमलव ८० थियो । पुरुषको बढ्दो संख्याले पनि नेपालमा लैङ्गिक असमानता बढ्दै गएको देखाउँछ ।
पाटन अस्पतालमा भएको एक अध्ययनले पुरुष र महिलाको जन्म अनुपातमा धेरै भिन्नता रहेको देखाएको छ । डा. अधिकारीको संयोजकत्वमा भएको अध्ययन सन् २००३ देखि २००७ सम्म गरिएको थियो । अध्ययनको पाँच वर्षे अवधिमा अस्पतालमा ३१ हजार दुई सय ८८ जिवित जन्म भएकोमा १७ हजार चार सय ३९ पुरुष र १३ हजार आठ सय ४९ महिला शिशुको जन्म भएको थियो । हरेक वर्ष पाटन अस्पतालमा मात्र सात हजारभन्दा बढी शिशुको जन्म हुन्छ । अध्ययनले प्रति १०० महिला शिशुको अनुपातमा ११४ पुरुष देखाएको छ । दोस्रो पटकको प्रसुतिमा भने यो दर ११८ रहेको छ । यो अध्ययनले नेपालमा पनि पुरुषको संख्या बढ्दै गएको पुष्टि गर्छ ।
हाउसहोल्ड सर्भे २००७ ले छोराको चाहाना राख्नेको संख्या अत्याधिक रहेको दखाएको थियो । यो सर्भेमा ९८ दशमलव ८ प्रतिशत परिवारले छोराको चाहाना राख्ने गरेको उल्लेख छ । सर्भेले ७९ दशमलव ५ प्रतिशतले बुढ्यौलीको सुरक्षाका लागि, ६७ प्रतिशतले आर्थिक सहयोगका लागि, ६० दशमलव १ प्रतिशतलले वंश चलाउन छोरा चाहेको देखाएको छ । यसैगरी, ५ दशमलव १ प्रतिशतलले अन्तिम संस्कारका लागि, २३ दशमलव ६ प्रतिशतले सम्पत्तिको हकदारका लागि, २१ दशमलव ५ प्रतिशतलले शक्तिका लागि र ११ दशमलव २ प्रतिशतले धार्मिक कारणले छोराको चाहाना राखेका छन् ।
लैङ्गिक असमानताका असर
छोरा पाएर परिवारले सुरक्षित भएको महसुस गरे पनि समाज भने सुरक्षित रहन सक्दैन । पुरुष बढी हुने ठाउँमा महिला हिंसा, अपराध, बलात्कार र वेश्यावृत्ति बढ्ने विभिन्न अध्ययनले देखाएका छन् । यसबाहेक छोरीको बिहेका लागि मोलतोल हुने हँुदा दुलाहा पाउन पनि मुस्किल पर्छ । जानकारहरूका अनुसार चीनमा बिहे गर्ने केटी नपाएर भियतनाम, म्यानमार, उत्तर कोरिया लगायतका देशबाट जबरजस्ती बिहेका लागि केटी बेचबिखन हुन्छन् । दक्षिण कोरियामा पुरुषको संख्या अधिक र जन्मदर घट्दै गएका कारण स्वदेशी केटी नपाएर विदेशी केटीसँग बिहे गर्नेको संख्या बढेर गएको छ । लिङ्ग अनुपातमा विषम फरकका कारण लैङ्गिक माइग्रेसन बढ्दै छ । जसको ज्वलन्त उदाहरण हो, खाडी मुलुकमा ६० देखि ८० प्रतिशत विदेशी पुरुष कामदार छन् । परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा. सनेन्द्रराज उप्रेती पनि लिङ्ग पहिचान गरी गरिने गर्भपतनले जनसंख्यामा असन्तुलन ल्याउने बताउँछन् । उनी सचेत गराउँछन्, ‘यस्तो असन्तुलनलाई कालान्तरमा नेपालले धान्न सक्दैन । यसतर्फ बेलैमा सोच्नु जरुरी छ ।’
प्रविधिको दुरुपयोग
१२ हप्ताभन्दा तलका शिशुको लिङ्ग पहिचान नगरी गर्भपतन गर्न वा गराउन कानुनले छुट दिएको छ । तर, प्रविधिको विकाशसँगै एम्निओटिक फ्लुडबाट ६ हप्तामै लिङ्ग पहिचान गर्न सकिन्छ । अल्ट्रासाउन्ड प्रविधिबाट १२ हप्ताभन्दा माथिको लिङ्ग पहिचान गर्न सकिन्छ । सहरी क्षेत्रका अधिकांश गाइनेक्लोजिस्टका क्लिनिकमा लिङ्ग छुट्याउने काम हुन्छ । जैविक सन्तुलन नै बिग्रिन सक्ने ‘लिङ्ग पहिचान गरी भ्रुण हत्या’ गर्ने कामलाई स्त्री तथा प्रसुति रोग विशेषज्ञहरूले कमाइखाने भाँडो बनाएका छन् । उनीहरूले लिङ्ग छुट्याएबापत दुई हजार पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म शुल्क लिने गर्छन् । दुई वा दुईभन्दा बढी छोरी भएका महिलासँग त कतिपय चिकित्सकले ‘इमोस्नल ब्ल्याकमेल’ गरी १५ हजारदेखि ५० हजार रुपैयाँसम्म असुलेर गैरकानुनी गर्भपतन गर्ने गरेको जानकारहरू दाबी गर्छन् ।

धेरै हप्ता भइसकेको अवस्थामा पनि जथाभावि गर्भपत गराउँदा महिलाको ज्यानैसमेत गएका उदाहरण प्रशस्तै छन् । खासगरी, छोरामुखी समाज र पैसामुखी चिकित्सकका कारण प्रविधिको दुरुपयोग गरेर जैविक एवं सामाजिक सन्तुलन नै बिगार्ने काम भइरहेको विज्ञहरूको भनाइ छ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेल भन्छन्, ‘लिङ्ग पहिचान गर्नु र गराउनु दुवै अपराध हो ।’ गैरकानुनी मानिने लिङ्ग पहिचान गरेको प्रमाण भेटिए चिकित्सकलाई कडा कारबाही हुने डा. गजुरेल बताउँछन् ।
निरिह मेडिकल काउन्सिल
चिकित्सकको आचारसंहिता हेर्ने एक मात्र निकाय मेडिकल काउन्सिल हो । तर काउन्सिलले आचारसंहिता उल्लंघन गर्ने चिकित्सकलाई कारबाही गरेका उदाहरण छैनन् । लिङ्ग पहिचान गरी गर्भपतन गराइएका दर्जनौ उजुरी परे पनि काउन्सिलले एउटा चिकित्सकलाई समेत नसिहतसम्म दिन सकेको छैन । चिकित्सकहरूको संस्था भएकै कारण काउन्सिल चिकित्सकप्रति ‘सफ्ट कर्नर हुनु’ले कारबाही हुन नसकेको विज्ञहरूको दाबी छ । काउन्सिल ऐनले काउन्सिललाई उपभोक्तावादी संस्थाको प्रतिनिधिका रूपमा परिकल्पना गरे पनि मन्त्रालयले भने मेडिकल कलेजकै लगानीकर्तालाई उपभोक्ता प्रतिनिधि बनाएको छ । त्यस्ता प्रतिनिधिले उपभोक्ताका ‘इस्यु’भन्दा कलेजै एजेन्डा बोकेर दौडिनु स्वभाविकै हो ।
मुलुकी ऐनको गर्भपतनसम्बन्धी व्यवस्थाअनुसार कसैले गर्भवती महिलालाई करकाप, धम्की, ललाइफकाई वा प्रलोभनमा पारी गर्भपतन गराउनु वा गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान हुने कुनै काम गर्नु÷गराउनु दण्डनीय हुन्छ । भ्रुणको लिङ्ग पहिचान गर्ने/गराउनेलाई तीन महिनादेखि ६ महिनासम्म कैद सजाय हुन्छ । लिङ्गको आधारमा गर्भपतन गर्ने र गराउने दुवैलाई थप एक वर्ष कैद हुन्छ ।

छिमेकतिर झन् भयवह
विभिन्न अध्ययनअनुसार अमेरिकामा जन्मने बच्चाको संख्याभन्दा बढी भारत र चीनमा लिङ्ग पहिचान गरी भु्रण छोरीको हत्या हुन्छ । सन् २०११ मा भएको भारतको जनगणनाले लैङ्गिक दर प्रति १०० महिलामा ११४ पुरुष रहेको देखाएको छ । भारतको पन्जाव र हरियाणा राज्यमा लैङ्गिक दरको असमानता सबैभन्दा बढी छ । प्रति १०० महिलामा पन्जावमा १२६ र हरियाणामा १२२ पुरुषको अनुपात छ ।
चीनमा औसत प्रति १०० महिलामा १२१ पुरुषको अनुपात छ । चीनका केही राज्यमा त्यो अनुपात १३० पुरुषसम्म पनि छ । चिनमा लैङ्गिक पहिचान गरी एक लाखभन्दा बढी शिशु छोरीको गर्भपतन हुनेगर्छ । चीन सरकारले सन् १९७९ मा एक दम्पत्ती एक बच्चाको नीति ल्याएपछि लिङ्ग पहिचान गरी हुने गर्भपनको दर ह्वात्तै बढेको हो । लैंसेटमा प्रकाशित एक अध्ययनले भारतमा मात्र पछिल्लो २० वर्षमा लिङ्ग पहिचान गरी एक करोड गर्भपतन भएको अनुमान गरेको छ । (अनिल न्यौपाने-स्वास्थ्य खबर)