समाजले छोरालाई जसरी आवश्यक अङ्ग मानेको छ त्यसरी नै छोरीलाई पनि सामाजिक मूल्य र मान्यतामा स्वीकार गरेको भए आज विक्षिप्त रुपमा म आफूले आफूलाई पाउदैनथे होला । गहिरोसँग सोचेर बुझ्ने हो भने मेरो क्रियाकलापका कारण समाजले अहिले नराम्रोसँग झापड खाएको छ ।
हाम्रो समाज कतिपय कुरामा सङ्कुचित छ र कतिपय विषयमा सामाजिक वातावरण दुर्गन्धित छ । जस्तो बिउ रोप्यो उस्तै फल लाग्ने कुरा समाजले थाहा पाउनैपर्छ । किशोरी अवस्थामा परेको ठुलो आघात जिन्दगीभरि अभिशाप बन्नु मेरा लागि सानो चोट होइन । रुढिवाद र अन्धविश्वासको प्रहाररुपी चोट निर्दोश व्यक्तिले चुपचाप सहनै पर्छ भन्ने छैन । त्यसैले नचाहँदा नचाहँदै समाजलाई नै कलंकित बनाउने चरित्रविहीन क्रियाकलापमा म होमिएँ ।
छोराको तीव्र चाहना राख्ने समाजले जसरी प्रेरणा दियो त्यसैलाई आधार मान्दै सानैदेखि मलाई डोर्याइयो । म पनि त्यसरी नै पाइला चाल्दै हिडिरहेँ । म अबोध बालक थिएँ । जेजे सिकाइयो त्यहीत्यही सिक्दै गएँ । मेरो दोष केही थिएन । दुई छोरीपछि जन्मिएको छोरा थिएँ । मायाको सागरमा चुर्लुम्म डुबाइएका ती दृश्यहरु आँखावरिपरि घुमिरन्छन् अझै पनि । छोरा भनेपछि बाबुआमाको आशाको प्रतीक, बुढेस कालमा पाल्ने र स्याहार गर्ने भरोसाको धरोहर । माया नपाउने त कुरै भएन । दिदीहरुलाई सरकारी स्कुलमा पढ्न पठाए पनि मेरा लागि बोडिङ स्कुल खुल्ला भयो । दिदीहरु नै मलाई स्कुल पुर्याउनुहुन्थ्यो असीम मायाका साथ ।
छोरा भएकै कारण म माथि विशेष मायाका दृष्टिले हेरचाह हुन्थ्यो । टोलछिमेकमा समेत धेरै माया पाउने गर्थेँ भने घरपरिवारमा नपाउने कुरै भएन । अलिक भिन्न स्वभाव थियो मेरो । बल, फुटबल खेल्नुको सट्टा कोठामै रमाउने गुडिया र पुतलीसँग खेल्न चाहन्थेँ म । तर बुवाआमा मेरो स्वभावदेखि कत्ति पनि खुसी नहुने रहस्य भने त्यो अबोध बालकले कसरी थाहा पाउनु । बुझ्दै बुझ्दैनथेँ म माथि हुने ती व्यवहारहरु । सधैँ मेरो गुडिया लुकाउनुहुन्थ्यो बुवाआमा । गाली गर्नुहुन्थ्यो कहिले बल खेलेन भनी । फकाउनुहुन्थ्यो धेरैजसो छोरोजस्तो बन्नका लागि पनि । आफ्नो चाहना अनुरुपको खाने खेल्ने कुरामा प्रतिबन्ध लागेपछि कुनै पनि बच्चा खुसी हुन सक्दैन । म पनि बुवाआमासँग खुसी नै हुन सकिनँ । त्यसैले सधैँजसो रोएर प्रतिवाद गर्थेँ । पछिल्ला दिनहरुमा यसो गर्नु मेरो दैनिकी नै थियो ।
अहिले पूर्ण रुपमा किशोरी अवस्थामा मेरो उमेरले मलाई उभ्याएको छ । समाजबाट तिरस्कृत एक युवतीले आफ्नो लागि चुनौतीको सामना गर्नु सिवाय मेरो साहारा के नै हुन सक्छ र ? निर्दोषी लाई यती ठुलो सजाय किन भोग्दैछु ? आफै भित्र ज्वार भाटा उत्पन्न हुन्छ । उही परिवारले र समाजले घृणाको दृष्टिले हेरी घटिया पात्रको रुपमा शब्दरुपी वाण प्रहार गरिरहन्छ । स्थिति घर न घाटको भएर मेरो सामु प्रतिबिम्बित भइरहेछ । आफैँलाई जिउँदो लासको परिभाषा दिँदैछु । जिन्दगीको अमूल्य समयले म बाट हरेक पल बिदा लिइरहेछ । कुनै मूल्य विहीन निर्जीव वस्तुको जस्तै ।
जब मैले जिउँदै मेरो हत्या भएको थाहा पाएँ त्यसपछि त समाज र आफ्नो परिवारको नीचतालाई स्वीकार गर्न त परै जाओस् सहन मात्रै पनि सकिनँ । म सबैको सम्पर्कबाट बाहिरिएँ आफ्ना बालमस्तिस्कमा परेको नमिठो प्रहारको बदला लिने उद्देश्यले । तर खै त्यसो गर्नु उचित थिएन कि ? बालमस्तिकले जे अर्यायो मैले त त्यही निर्णय गरेँ । आफ्नो शरीरमा देखिएको परिवर्तनले मलाई छाँगाबाट खसायो । आफूभन्दा ठूलो कक्षामा पढ्ने दिदीहरुको जस्तै देखिने गरी छाती उचालिँदै आउँदा साथीहरुले केटी भन्लान् भनेर लाज लाग्यो अनि मैले भित्री भोटो कसिलो पारेर लगाउन थालेँ । आफूलाई चिनेपछि मैले बुवाआमालाई साथ दिने प्रयास नगरेको पनि होइन तर चाहेर पनि उनीहरुको छोराको रहर पूरा गर्न सक्दिनथेँ । मेरा बुवाआमा सँगै लागेर मैले समाजलाई ढाँट्न खोज्दै रहेछु । धेरै दिन म अलमल्लमै परिरहेँ तर प्राकृतिक गतिलाई कसरी ढाँट्नु ।

जुन सत्य हो त्यो त सामु आइहाल्छ । बुवाआमाको झुटो सन्तोषका लागि म झुटो छोरो बनेको रहेँछु मलाई थाहै छैन । १3 वर्षकै उमेरमा मेरो पहिलो महिनावारी भयो । त्यति भए पनि मलाई अझैसम्म सबैले छोरा भनेर बोलाउछन् । महिनावारी त छोरीलाई पो हुनुपर्ने । मनमा जोडतोड्ले हुरी चल्यो, अचम्मित हुँदै केटा साथीहरुसँग नै आफ्नो शरीरबाट बगेको रगतको जिज्ञाशा राखेँ । जब साथीहरुबाट म छोरा नभई छोरी भएको र पहिलो महिनावारी भएको कुरा थाह भयो त्यति बेला नै मभित्र एक विद्रोही पात्रको जन्म भयो । म घर नै फर्किनँ । किन जानु र त्यहाँ आफ्नो जीवितै हत्या भएको थियो । घरपरिवार, समाज सब छोडेर निस्किएँ । सडकमा भेटिने सबै खाले पात्रको सङ्गत गर्दै ।
जब मेरा बुवाआमाका लगातार दुई छोरी जन्मेर अर्को बच्चाको गर्भ बस्यो त्यति बेलादेखि नै घरछिमेकमा आमाको मुहार हेरेर छोरा नै जन्मन्छ भन्ने अनुमान सुरु भएछ । त्यसो त बाबुआमालाई स्वर्ग तार्ने छोरो नै चाहिन्छ भन्ने मानसिकता कायम रहेको पितृसत्तामक समाजमा छोराको चाहना तीव्र हुनु कुनै अस्वाभाविक कुरो होइन । छोरा जन्मिने आशामा मिठो सपमा देख्नु भएको बुवाआमाका सारा सपना भाताभुङ भए । तेस्रो पटक पनि छोरी नै जन्मिएँछु । छोराका लागि बुनेका आशाहरु चकनाचुर भएछन् फुटेको काच जस्तो । बुवाआमाले समाजका अगाडि नक्कली हाँसो लिएर आफ्नो छोरो जन्मिएको खबर सुनाउनुभएछ गाउँभरि नै । खुसियालीमा भव्य भोजको आयोजना भएछ । सबै जना खुब रमाएछन् । वास्तविकतालाई भित्रभित्रै बुवाआमाले लुकाउँदै जानुभयो भने छोराको पोसाकमा समाजको नजरमा छोरी भए पनि म छोरा बनेकि रहेछु । छोरी भएकै कारण मेरो स्वभाव छोराको जस्तो नभई छोरीको जस्तो रहेछ ।

प्रकृतिप्रदत्त यथार्थ पनि त्यही नै हो । नक्कली छोरो समाजलाई देखाई आफ्नो पनि छोरो छ भन्ने देखावटीपनाले समाजकै नजरमा आफूहरु पनि सम्मानित हुन पाउने बुवाआमाको साँघुरो मानसिकताले उहाँहरुलाई कति जलायो वा झुटो सन्तुष्टि दियो थाहा पाउन नसके पनि छोराको जस्तो स्वभावमा आफूलाई बारम्बार देखाउनुपर्दाको गहिरो चोटको दुखाइ अझै पनि दुखिरहन्छ । जब छोरी भएर पनि आफूलाई छोरो बनाइएको यथार्थ थाहा भयो त्यही दिन देखि नै म समाजको कलंकित पात्र बन्न पुगेँ । म अति स्वच्छन्द भएँ । एकातिर विद्रोहले मलाई मानसिक रोगी बनायो भने अर्कोतिर समाजले एक चरित्रहीन गतिछाडाको परिचय दियो !!
( कथा सत्य घटनामा आधारित हो , केवल लेखन सहजताका लागी आत्मपरक शैली अपनाइएको हो )
लक्ष्मी ज्ञवाली
काठमाण्डौ