सङ्खुवासभा बैशाख २६,
जिल्लाको सदरमुकाम खाादबारीमा आउने खानेपानी आयोजनाले स्थानीयवासीको मागलाई बेवास्ता गरे योजना बन्द गर्ने चेतावनी दिइएको छ । स्थानीयवासीले जिल्ला प्रशासन, खानेपानी उपभोक्ता र निर्माण कम्पनीको रोहबरमा पटकपटक माग गरेता पनि सम्बोधन नगरी बेवास्ता गरेको भन्दै एक विज्ञप्ति प्रकाशित गरी स्थानीयले यस्तो बताएका हुन् ।
बैशाख ३१ गते सम्ममा माग सम्बोधन गर्न उनीहरूले अल्टिमेटम दिएका छन् । ३८ करोडको लागतमा खाादबारी साना शहरी खानेपानी आयोजना सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । आयोजनाको २० प्रतिशत काम सम्पन्न भइसकेको छ । मुहान क्षेत्रका बासिन्दाका बारेमा सम्बोधन नभएपछि प्रभावित क्षेत्र मांसिमाको भेला बसी यस्तो निर्णय गर्न बाध्य भएको मांसिमा विकास समितिका अध्यक्ष जापान गुरुङले बताए ।
गत २१ गते बसेको गाउावासीको भेलाले मुहान क्षेत्र जाने मोटरबाटो स्वातन्त्र रूपमा खन्न पाउने वातावारण तयार गरिदिनुपर्ने, खाादबारी साना शहरी खानेपानी योजना सम्पन्न भएपछि वार्षिक आम्दानीको ७ प्रतिशत रकम मांसिमा विकास क्षेत्रलाई वार्षिक रूपमा विनियोजन गरी मांसिमा विकास समितिमा जम्मा गर्नुपर्ने माग राखेका थिए । त्यस्तै मुहान क्षेत्रमा आवश्यक पर्ने कर्मचारीमा मांसिमाका बासिन्दालाई पहिलो प्राथामिकता दिनुपर्ने तीन सूत्रीय माग राख्दै जिल्लाका सम्पूर्ण राजनैतिक दल, सरकारी तथा गैर सरकारी सङ्घ संस्था, पत्रकार, नागरिक समाजलाई जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ ।
योजनाको ३८ करोडमध्ये करिब २ करोड रूपैयाा ठेकेदारले गुण्डाहरूलाई बााड्न हुने तर मांसिमावासीलाई दिन किन नहुने भन्ने स्थानीयको भनाइ छ । आफूहरुले संरक्षण गरेको मांसिमाको स्रोत सिमली खोलाको पानी सित्तौमा दिन नसक्ने अध्यक्ष गुरुङले बताए । माग पूरा नभए जेठ १ गतेबाट मांसिमामा काम गर्ने कामदारलाई खाादबारी पठाइदिने र मुहान क्षेत्रमा काम बन्द गर्ने गुरुङको भनाइ छ । रासस: