जसे,अस्पतालको ओछ्यानमा पस्चतापका दिनहरु गन्दै अपाङ्ग शरीरको बोझ लिएर लडीरहेको छ । ऊ झल्झली सम्झन्छ।उ'ताका प्रहरीमा जागिर खाँदाका रवाफिला दिनहरु।आफु ट्राफिकको ड्युटिमा हुँदा गरेका कर्तुतहरु । सबै बाटोहरु मेरै हुन् भन्ने फुर्ती ।
ऊ फेरि सम्झिन्छ। ट्राफिकमा खटिँदा काठमाण्डौमा ट्राफिक नियमभन्दा बलवान छु भन्ने अहमताले आफु अहिले अपाहिज हुन परेको ब्यथा ।
यसरी एकदिन जसे काठमाण्डौको एक सडकमा ड्युटीमा खटिएको थियो । ऊ आफु ट्राफिक प्रहरी हुनुको अहमतामा गम्केर सडकबिचमै उभिएर सिटी बजाउँदै हातको इेशाराले गाडीहरुलाई संकेत गरिरहेको थियो।उस्ले सडकबिचमै नउभिएरै पनि ड्युटी गर्न सक्थ्यो तर त्यो समयमापनी उ अहमताको साथ सडकबिच उभिएर हात हल्लाइे रहेको थियो।
अनायास......, एउटा प्राइेभेट कार हुइेंकिएर आयो र,जसेलाई पनि घिसारेर परसम्म लग्यो,अनि के बाँकी रह्यो र ? आखिर जसेपनी मान्छे नै हो हाडछालाले बनेको शरीर उस्कोपनी । अन्त्यमा उस्को एउटा गोडा नै काट्न पर्यो ।
यसरी आज जसे ओछ्यानमा लडेर बिगतका आफ्ना अहमपना,फुर्क्याइें सम्झेर पस्चतापमा डुबिरहेको छ । ऊ यतिखेर ती दिनहरुलाई आँखाभरी नँचाउँछ,जुनबेला ऊ प्रहरी हुँदा भुइेंमा न भाँडोमा भएर कानुन मेरै हातमा छ,अर्थात मेरोअघी कसैको केही चल्दैन भन्ने जस्ता कलुषित सोंचहरु पालेर गम्किएका पलहरु ।
जब ऊ ट्राफिकपट्टी सरुवा भयो उस्लाई,यस्तो लाग्न थाल्यो सबै बाटाहरु मेरै हुन्।सबै गाडीहरुको रफ्तार मेरो इेशाराले नै नियन्त्रणमा आउँछन् । यस्ता अहमपनाले गर्दा धेरैपटक उस्को ज्यान बँचेको थियो । अरु साथीहरुलेपनी उस्लाइे नसम्झाएका होइेनन् । उस्ले जवाफमा भन्ने गर्थ्यो "ट्राफिक प्रहरीको उर्दी देखेपछी सवारी चालकहरु आफै सतर्क भइेहाल्छन् नि?ट्राफिक प्रहरी नै डराएपछी,कसरी सवारी दुर्घट्नाहरु रोकिन्छन् ?हामीले त निडर भएर सवारीहरुलाई नियन्त्रणमा राख्नु पर्छ।"
आज ऊ सम्झँदैछ।"घोडा,गाडी भन्ने कुरा मान्छेको नियन्त्रणमा मात्र सधैं हुँदैन रहेछ । कैलेकंही दुर्घटना भन्नेकुरा मान्छेको बसमा हुँदैन । नचाहेरपनी दुर्घटना घट्न सक्छ । यदी मैलेपनी आफु सचेत भएर ट्राफिक प्रहरी हुनुको आडम्बर नपाली,आफ्नो ड्युटी गरेको भए आज मेरो यो दुर्गती हुने थिएन । मेरो यस्तो हालत हुनु मेरो आफ्नै अंहकार र उक्त कार मालिककोपनी अहमता थियो । शायद अहंकारलेपनी कतिपय दुर्घट्ना र बिसंगती भित्रिँदो हो।यस्को हेक्का पहिला नै मैले राखेको भए ?"
यस्तै,यस्तै प्रश्नहरु मनभरी पाल्दै आज ऊ घाइेते शरीरलाई अस्पतालको शैय्यामा थुपार्न वाध्य छ । पुराना अतितहरुलाई आँखाभरी नँचाउँदै ..................../
आचार्य प्रभा
अमेरिका