विश्व स्वास्थ्य तथ्यांक -२०१४ I

काठमान्डू जेठ ०२,

सुनिल श्रेष्ठ : जेनेभा -मे १५ ,२०१४ विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य तथ्यांक २०१४ बिहिबार सार्बजनिक गरेको छ । जस अनुसार विश्वको सबै देशको बासिन्दाको आयु बढेको छ । यो तथ्यांक सन् २०१२को विश्व स्वास्थ्य अनुसन्धानमा आधारित छ । विश्वको मानिसहरुको औसत आयु पुरुष ६८ बर्ष/ महिला ७३ बर्ष रहेको छ ।

पहिले झैँ पुरुष भन्दा महिला नै धेरै बाच्ने गरेको पनि तथ्यांकले देखाउछ । संगठनको १९४ सदस्य राष्ट्रको सबै तथ्यांक सार्बजनिक गरेको हो। तथ्यांक सार्बजनिक गर्दा संयुक्त राष्ट्र संघद्वारा घोषणा गरिएको "स्रशताब्दी विकास लक्ष्य" पनि के कति पुरा भयो भनेर देखाउने कोसिस गरेको छ । तर सो लक्ष्य सोचे अनुसार अगाडी बढ्नु नसकिरहेको पनि जनाएको छ । तथ्यांक सार्बजनिक गर्दै विश्व स्वास्थ्य संगठनका महानिर्देशक मार्गेट चनले धनि गरिब बिचको बढ्दो खाडलको बाबजुद पनि कम बिकशित र अल्पबिकशित देशको स्वास्थ्यमा राम्रै सुधार हुदै गरेकोले खुसि ब्यक्त गरेकी छिन ।

तथ्यांकअनुसार बढी आय भएको राष्ट्रका धेरैबर्ष बाच्ने र कम आय भएका राष्ट्रको कम बर्ष बाच्ने गरेको देखाउछ । जस्तै उच्च आय राष्ट्रमा जन्मेको पुरुष औसत आयु ७६ बर्ष र महिला औसत आयु ८२ बर्ष सम्म बाच्ने तथ्यांक छ जबकी कम आय भएको राष्ट्रमा जन्मेको पुरूषको औसत आयु ६० बर्ष र महिलाको औसत आयु ६३ बर्ष छ । धनी राष्ट्रको पुरुष र महिला औसत १६ बर्ष र १९ बर्ष बढी बाच्ने रहेछ गरिब राष्ट्रको तुलनामा । धनि र गरिब बिचको बढ्दो खाडलले मानबको जीवन आयुमा पनि खाडल पारेको देखाउछ । यसको बाबजुद पनि यो तथ्यांक अनुसार कम आय भएको केहि देशको औसत आयु ९ बर्ष देखि १९.७ बर्ष सम्म बढेको देखाउछ जसमा पहिलो उच्च स्थानमा ६ वटा राष्ट्र परेको छ । जसमा हाम्रै छिमेकी माल्दिभ्स पनि परेको छ । जबकी यसको दर धनि राष्ट्र रसियामा ०.२ बर्ष देखि ५.१बर्ष छ र द .कोरियामा ९.२ बर्ष छ ।
१ लाइबेरिया ४२ बर्ष बाट ६२ बर्ष
२ इथोपिया ४५ बर्ष बाट ६४ बर्ष
३ माल्दिभ्स ५८ बर्ष बाट ७७ बर्ष
४ कम्बोडिया ५४ बर्ष बाट ७२ बर्ष
५ पुर्बी-टिमोर ५० बर्ष बाट ६६ बर्ष
६ रुवाण्डा ४८ बर्षबाट ६५ बर्ष
विश्व स्वास्थ्य संगठनको स्वास्थ्य तथ्यांक तथा सूचना बिभागका निर्देशक डा.ताएज बोएर्माले जनाए अनुसार सुर्तीजन्य पर्दाथको प्रयोगको कमीले पनि बिभिन्न राष्ट्रको मान्छेको आयु बढेको दाबी गरेकाछन् । अझै पनि केहि अफ्रिकी देशको जनताको आयु ५५ बर्ष भन्दा कम्नै रहेको छ । जस्तै अंगोला ,चाद ,आइभोरी कोष्ट,प्रजातान्त्रिक गणतन्त्र कंगो ,लेशोथो ,मोजाम्बिक ,नाइजेरिया र सिरालीयोन आदि पर्छन ।विश्वमा सबै भन्दा बढी औसत जीवन आयु भएको उच्च १० देश निम्नानुसार छन् ।पुरुष ---------------------------- -----------------महिला
देश ----------- ----------------आयु बर्ष----------देश -----------------आयु बर्ष
१ आइसल्याण्ड ---------------८१.२ -------------१ जापान------------ ८७
२ स्विजरल्याण्ड --------------८०.७ -------------२ स्पेन -------------८५.१
३ अष्ट्रेलिया------------------- ८०.५ -------------३ स्विजरल्याण्ड--- ८५.१
४ इजरायल --------------------८०.२ -------------४ सिंगापुर---------- ८५.१
५ सिंगापुर ---------------------८०.२ -------------५ इटाली ------------८५
६ न्युजिल्यान्ड---------------- ८०.२ -------------६ फ्रान्स ------------८४.९
७ इटाली -----------------------८०.२ --------------७ अष्ट्रेलिया -------८४.६
८ जापान ----------------------८० -----------------८ द. कोरिया -------८४.६
९ स्वीडेन ----------------------८० -----------------९ लक्जेम्बर्ग ------८४.१
१० लक्जेम्बर्ग---------------- ७९.७ ---------------१० पोर्चुगल ---------८४
जापानी महिला सबै भन्दा बढी बाच्ने गरेको र पुरुषमा आइसल्याण्ड सबै भन्दा बढी बाच्ने गरेको जनाएको छ । यो माथिको चार्टमा २५०००० भन्दा कम जनसख्या भएको राष्ट्रको अनुमानित आयु बिभिन्न कारणले निर्धारण गर्नु नसकेकोमा समाबेश गरिएको छैन । विश्व स्वास्थ्य तथ्यांक२०१४मा हाम्रो नेपाल :-
१- जम्मा जनसंख्या = २७,४७४,०००
२- ग्रस प्रति ब्यक्ति आय अमेरिकी डलरमा =१४७० डलर
३ -औसत जीवन आयु पुरुष /महिला=६७/ ६९ बर्ष
४ -मृत्यु दर ५ बर्ष मुनि १०००मा =४२ जना
५- मृत्यु दर १५ बर्ष देखि ६० बर्ष बिच १०००मा पुरुष /महिला =१९७/१६४ जना
६ -जम्मा स्वास्थ्यमा खर्च प्रति ब्यक्ति अमेरिकी डलरमा = ८० डलर
७-जम्मा स्वास्थ्य खर्च प्रतिशत जीडीपीको आधारमा =५.५ %
८-सन् १९९०को तुलनामा नेपालीको औसत आयु २०१२मा १२ बर्ष बढेर ५४ बाट ६८ बर्ष भएको छ जन्मदरको आधारलाइ मान्दा । यहि दर भित्र पुरुषको ५४ बर्ष बाट बढेर ६७ बर्ष र महिलाको ५५ बर्षबाट बढेर ६९ बर्ष कायम भएको छ ।

अझै पनि नेपालीहरुलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध नभएको ,ग्रामिण जीवन झनै कष्टकर भएको र शहरिया जीवनको भौतिक बिलाशिताले स्वास्थ्यमा पनि ठुलो असर पारेको जनाएको छ । विश्व स्वास्थ्य तथ्यांकको केहि मूलभुत कुराहरु अकालमा जीवन गुमाउनुको मुख्य कारण ३ वटा औलाएको छ । १-Ischaemic हार्ट रोग २- तल्लो श्वासप्रश्वास संक्रमण ३-स्ट्रोक । अफ्रिकाको जम्मा मृत्युमा ७० % भन्दा बढी सरुवारोगको कारणले हुने जनाएको छ । अति धनी 47 राष्ट्रको जम्मा मृत्युमा ९० % भन्दा बढी नन्कम्युनिकेबल रोग र दुर्घटनाको कारणले हुने जनाएको छ । यस किसिमको बाटोमा १०० भन्दा बढी देश तिब्र गतिमा अगाडी बढिरहेको जनाएको छ ।

५ बर्ष भन्दा मुनिको ४४ मिलियन बालबालिका बढीतौल ( over weight ) वा मोटोपन भएको पनि तथ्यांक बताउछ । जसको १० मिलियन अफ्रिकामा मात्रै रहेको छ । ५ बर्ष भन्दा मुनिको बाल मृत्यु दरको पहिलो कारण बच्चा समय नपुगी बच्चा जन्मिने गरेकोले जसको प्रतिसत १७.३ छ । दोस्रो कारण निमुनिया छ जसको प्रतिसत १५.२ छ |सन् १९९५ र २०१२को बीच ५६ मिलियन मानिसलाइ टीबीको उपचार गरेरको र २२ मिलियन मानिसको जीवन सफलतापुर्बक बचेको पनि जनाएको छ। बिश्वब्यापीरुपमा एक तिहाई मृत्युको मात्र कारण सहित दर्ता हुने गरेको पाएको छ । सन २००० र २०१२ बीच दादुराबाट हुने मृत्यु दरमा ८०% कटौती भएकोछ । सिलिपिंग सिक्नेस रोग ५० बर्षमा सबै भन्दा कम छ ।

प्रत्येक दिन ८०० महिलाको मृत्यु बच्चा जन्माउदा खेरी हुन्छ । डेंगुको प्रभाबमा २.५ बिलियन मानिस प्रभावित भएको छ । उच्च आय भएको देशमा हरेक १०००० मानिसको लागी ९० जना नर्सको ब्यबस्था छ ,जबकी न्यून आय भएको देशमा २ जना नर्सले १०००० मानिसलाइ सेवा दिनु पर्छ । धनि देशहरुमा सन् २०१२मा १४०००० मानिस पर्ट्युसिसबाट प्रभावित भएका थिए जबकी यो रोग एक साधारण इन्जेक्सन लगाउदा निको हुन्छ ।

विश्व स्वास्थ्य सङ्गठले सन् २००५ देखि बर्षे पिछे यस्तो तथ्यांक निकाल्दै छ । विश्व स्वास्थ्य तथ्याङ्क विश्वका मानिसहरूको स्वास्थ्यको जानकारीको स्थायी स्रोत हो।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com