कविता “म दलित”
नगरी काम कुनै यी खाना फल्दानी फल्दैन
फलाको मैले फल खानु सबै शरीर ढल्दैन
यी हातको पौरख खाएर कोही गल्दैन जल्दैन
तर ती पानी छोए छु मैले न-पिउँनु चल्दैन
हेर्दामा हाम्रो बनावट तन यौटै झैँ देखिन्छ
र रगत पनि शरीरमा बग्ने रातो नै भेटिन्छ
बस्दामा सबै हिड्दामा पनि धर्ती नै टेकिन्छ
तर म जान्न घर भित्र सबको त्याँ मेरो दोष हुन्छ
.सबै नै लानु चामल जति बियाँ चैं छोड्दिनु
म फेरी धान फलाउछु अनि त्यो बेला सम्झनु
क्यै हुन्न खाँदा सबैले खानु भात आफै पकाउँनु
म पकाई दिन्थे भात पनि तर चल्दैन नलाउँनु
मिसन्छु बरु सागर सगै संगसंगै बहन्छु
नबोलाउ भोजमा अछुतो हुन्छ म एक्लै रहन्छु
जति नै छालको छल्काले हान्छ म आफै सहन्छु
मेरो नै कारण बिटुलो कोहि नबनुन् भन्दछु
गर्दिन अपराध देख्ने छ सधै घाम र जूनले
जिन्दगी भरि सम्झियोस सबले आ-आफ्नो गुणले
न-पिउँनु कोही चल्दैन पानी यी हातले छुनाले
बिटुलो हुन्छ छुँदा त्यो पानी म दलित हुनाले.
पूर्ण कान्छा गुरुङ
ओखलढुंगा