गजल : By, गोबिन्द प्र तिवारी


गजल : 

आयो जो ठालु  समिपै, रगत पिएर गयो
 बद्लामा  जम्मा उस्ले, स्याब्बास दिएर गयो

प्यासी रैछ योबनको, लुट्यो अस्मिता स्वाट्टै
 उधारी मेरो यो  मुटु, आफ्नो सिएर गयो

अन्धकार भयो धर्ती, दिनमै अस्तायो रबी
 मेरा लागि त उसले, संसारै लिएर गयो

रोए कराए चिच्याए, पग्लेन त्यो पापी मन
 हेरेन पछाडि फर्की, एकछिन अडिएर गयो

सोच्दो हो पौरखै गरे, क्रुर बेईमानी साला
 के थाहा तक्दिर आफ्नै, ढुङ्गाले थिचिएर गयो

गोबिन्द प्र तिवारी
 दमक नगरपालिका - १५, झापा नेपाल
 हाल : आबुधाबी ( यु ए ई ) मुसाफा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com