कविता "मन्दाक्रान्ता छन्द " : By, निशा खनाल अर्याल

 

कविता "मन्दाक्रान्ता छन्द "

भानुभक्त द्विशाताबार्शिकीको पुण्य तिथिमा लेखिएको ,
"कसरी बिर्सनु भानुभक्त तिमीलाई "?

कोहिमान्छे सरस मतिका प्रेम तृष्णा सुधार्ने ।
 मनमा बस्तै मधु जडित वास्ना छरी राज गर्ने ।
 यात्रा लामो तय गरी गरी लक्ष्य शुन्यै भएर ।
 चोरी मोरी दिल मधुभरी वस्छु टाढा गएर ।

 उन्दै माला श्रीजन फुलका हातमा हौसिएर ।
 तान्दै चाला चपल मनका झन् तरंगै लिएर ।
 आाँधी आएसरी मन लगी वन्दी हुँ क़ैदी जस्तै ।
भुल्दा भुल्दै त्रीषीत वनियो जीवनी हो कि यस्तै?

तिम्रो माया कलुषित छ वा स्वार्थले बेरिएर ।
 ढाक्यौ मेरो दिलमन जिती प्रेम माला जपेर?
तिम्रो छाया सरस बुझने मूर्ख मन् भित्र पस्तै ।
 धोखा हो कि त्रिषित मन यो भन्छ कत्ति नफस्दै ।

 कुनबाटोमा मन बिटुलियो प्रीति छाया बढेर ?
दर्शन केहो अम्रित सुशुभा ज्ञानज्योति दिएर ।
 हाँसीहाँसी दिलमन विना दिक्क लाग्ने उराँठ ।
 बाँकी के हो प्रीय मनशखा बाल नौलो चिराग़ ।

 चोखो माया मनविचरहे वन्छ यौटा निसानी ।
 साझा श्रिष्टी अजमर रहे हुन्छ राम्रो कहानी ।
 बाँटों हिड्दा मुटुभरी ब्यथा पोखिए के भयो र?
आशा त्यागी क्षितिज प्रतिमा ! तुल्य हौ के थियो र?

चोखो माया मनविचरहे वन्छ यौटा निसानी ।
 साझा श्रीष्टि अजमर रहे हुन्छ राम्रो कहानी ।
 बाँटों हिड्दा मुटुभरी ब्यथा पोखिए के भयो र?
आशा त्यागी क्षितिज प्रतिमा ! तुल्य हौ के थियो र?

निशा खनाल अर्याल
 इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com