गीत : By, सनम गोले


गीत :

छोडेर आँए धेरै टाढा प्रियसीका साथहरू
 आँसु पिउँदै बित्छ यहाँ मेरा सारा रातहरू

बाध्यताको हुरीले आज ल्यायो यहाँ सम्म
 थाहा छैन मलाई अझै जानुछ काँह सम्म
 सहनै पर्दो रहेछ प्रिय समयका यि घातहरू
 आँसु पिउँदै बित्छ यहाँ मेरा सारा रातहरू

फर्की आउनेछु म समयलाई जित्न सके भने
 हराएको बाटो कतै प्रिय पैलाउन सके भने
 दुखपर्दा साथदिने सम्झन्छु तिम्रा हातहरू
 आँसु पिउँदै बित्छ यहाँ मेरा सारा रातहरू

छोडेर आँए धेरै टाढा प्रियसीका साथहरू
 आँसु पिउँदै बित्छ यहाँ मेरा सारा रातहरू

सनम गोले
 हाल मलेशिया
 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com