गज़ल : By, कोमल भट्ट


गज़ल :

हामी पनि चोखो मायाँ,लगाउँथ्यौं तन्नेरीमा
अनगिन्ती स्वप्नाहरू,सजाउँथ्यौं तन्नेरीमा

त्यसै त्यसै बरालिँदै,बिराएनौ बाटो कहिल्यै
सत्य,निष्ठा,कर्तव्यमै,रमाउँथ्यौं तन्नेरीमा

यत्र तत्र दौडिएनौ,पठन पाठन बिगारेर
भविष्यको उन्नतिमै,सुर्ताउँथ्यौं तन्नेरीमा

बालक,वृद्ध,अबलामा,सद्भावना राख्थ्यौं धेरै
अशक्तलाई टेवा दिँदै,सघाउँथ्यौं तन्नेरीमा

गुरुजन र मान्यजनको,आदर गर्थ्यौं सम्मानले
सबको भित्री हृदयमा,अटाउँथ्यौं तन्नेरीमा

शिष्टता र कोमलताले,भरिपूर्ण थियौं सधैँ
कतै चित्त दुख्लान् भन्दै,डराउँथ्यौं तन्नेरीमा

युवाहरू तिमी पनि,सपार है जिन्दगी यो
पछि फेरि भन्नु पर्ला 'बिझाउँथ्यौँ 'तन्नेरीमा

कोमल भट्ट,
काठमाडौँ (हाल:-न्युयोर्क)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com