गजल :
नेपाल सुन्दर बनाउन सुन्दर सपना देख्नुहोस्
निंद्रमा होईन युवा मित्र दिनमै सपना देख्नुहोस्
सुन्दर सफलता नै त सुन्दर सपनाको उपज हो
जस्तो बिउ उस्तै फल सुन्दर सपना देख्नुहोस्
सपना विनाको जिन्दगी बास्ना विनाको फूल
अर्थविहिन के जिउनु सुन्दर सपना देख्नुहोस्
पागल भने भनुन् बरू संकल्प समर्पण गर्नै पर्छ
नेपाल सुन्दर बनाउन सुन्दर सपना देख्नुहोस्
भगवानले त के लेख्छ भाग्य आफैं लेख्नुहोस्
नेपाल सुन्दर बनाउन सुन्दर सपना देख्नुहोस्
यात्री लिम्बु