गजल : By, मानन्धर अभागी


गजल :

अन्धो देशमा कानुन लगाएर के गर्छौ र
वैगुनीलाई त्यो गुण लगाएर के गर्छौ र

ल्हासामा थुप्रै सुन छ मान्छेको याँ कानै बुच्चो
जसको कान छैन सुन लगाएर के गर्छौ र

चलन अझै बाँकी छ पुरानै त्यो छुवाछुत
त्यो तरकारीमा नुन लगाएर के गर्छौ र

जिन्दगी कहिल्यै हाँस्दैन व्यर्थै कोशिश नगर
औंशीको रातमा जून लगाएर के गर्छौ र

तिम्ले विगुल फूकेर क्रान्ति गरेर के पायौ ?
तिम्रो हातभरि खुन लगाएर के गर्छौ र ।

 मानन्धर अभागी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com