गज़ल : By, कोमल भट्ट

 
२५५८ औं बुद्ध जयन्तिको पावन अवसरमा
 हार्दिक शुभकामना सहित , गज़ल :
************************
देश निकै छट्पटायो,आऊ न फेरि गौतम बुद्ध
सुख शान्ति लड्खडायो,आऊ न फेरि गौतम बुद्ध

छाडातन्त्र भएको छ,प्रजातन्त्र अचेल भरि
सद्भावना डगमगायो,आऊ न फेरि गौतम बुद्ध

काम,क्रोध,लोभ,मोह,व्याप्त भयो जताततै
हत्या हिंसा जुर्मुरायो,आऊ न फेरि गौतम बुद्ध

कुकर्मका बोट सवै,फुलेका छन् मुस्कुराउँदै
सदाचार नै अक्मकायो,आऊ न फेरि गौतम बुद्ध

बलिया बाङ्गा ढाल्न थाले,सद्प्रेमका खम्वा सबै
थिचोमिचो सल्बलायो,आऊ न फेरि गौतम बुद्ध

बिकृति र विसंगति बढी सके अचाक्ली नै
'कोमल' मुटु भतभतायो,आऊ न फेरि गौतम बुद्ध

 कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com