" अमर छौ तिमी " भानुभक्तमा समर्पण कविता : By, निशा खनाल अर्याल

इज़रायलमा '' भानुभक्त द्विशतबार्शिकि '' जयन्ति भव्य तथा सभ्यता सँग मनाउन यतिखेर साहित्यिक मनहरु लागि पर्नु भएको हुदाँ मेरो श्राद्ध रुपी दुई सुमन भानुभक्त तिमीलाई ,, , 

 " अमर छौ तिमी "


 "श्रद्धा बोकी कलम मसिले गर्छु यस्तै प्रयास "

तिम्रो झल्को अमर इतिहास, सै बनोश नित्य छायाँ,
नेपालीका घर घर हुने ,प्रेम वास्लय माया,

"भानुभक्त " तिमीलाई खै कसरी विर्सनु ? चाहे आखा नै चिम्म गरु वा उघारेर नै हेरु तिमी त् मेरो मन मष्तिस्कमा र हरेक नेपालीको मुटुको धड्कन भएर मानसपटलमा यस्तरी बसेका छौ कि चाहेर पनि कसैले विर्सन सक्दैन तिमीलाई !
म आफ्नै भावले तिमीलाई स्मरण गरि रहेकिछु ।

पाटी , पौवा नदी ,झरना ,ताल उच्च हिमाल ,
बोल्छन रामायण र कविता नित्य,छौ है विशाल ,

भानुभक्त !"हरेक रामायण ,पुराण, पुस्तकहरुको नेपाली अक्षरहरुमा तिम्रो प्रतिबिम्व टासिएको छ । शब्द शब्द भित्र तिमी कुदिएका छौ । तिम्रो साम्राज्य नेपाली समाजमा अटल रहेको छ ।

"पृथिवीनारायण अति ठुला ,देश निर्माण गर्ने,
तिम्रा प्यारा सरस कविता,हामीमा राज गर्ने "

स-साना टुक्रिएका राज्यलाई एक बनाई नेपाल देशको एकिकरण गरि स्थापना गर्ने राज्य विधाता प्रिथिवी नारायण शाहले सबै नेपालीको गास र वास अनि एक जात छत्तिस वर्ण भनेर शान्ति कायम गर्न सबै नेपालीलाई एउटा धागोमा फूलका मालामा गास्ने प्रयाशमा जुटे अनि तिमीले पनि सबै नेपालीको बाणीमा सरस्वती झैँ भएर झुण्डिएयौ ।

 "नेपालीका तिमी त् प्रकृति ,सुर्य हौ जड विनासी । ,आभा,कृति,धन,वल,विभु,शान्ति एश्वर्य भाषी "

चाहे नेपालमा नेपाली रहुन वा विश्वको कुनै कुना काप्चामा त्यही मिठो नेपाली साहित्यबाट मौलाएका श्लोकहरु र बिभिन्न तिमीले देखाएका नेपालीका संस्कार र संस्कृति बोकेर गएका छन / तिमी धन्य छौ भानुभक्त ! तिम्रो कृति जति नै गए पनि कम हुन्छ ।
 "तिम्रो छायाँ छलकी रहने ,रात्री संध्या बिहान ,
साथी जस्तै शुख र दुखमा ,बोल्छ भानु पुराण"

सुर्यको बिहान उदाउने किरण जसरी प्रिथिवीमा पर्ना साथ छाच्ल्किदै , डिग्रीको पारा छारिदा झैँ चम्कयमान हुदै आफ्नो पाराले प्रकाश पुँज हुन्छ त्यस्तै तिमी त् कहिलै नमेटिने 'अमृत दुध पान गराएर " आमाको कोखबाट जन्म लिए पछी शुरुको बिद्यालय आमाको नै मुखबाट निस्कने इश्वर रुपी बोलि सिताराम भनेर ताली पिट्दै शब्दको अनुसरण गराउने बाटै तिमी मौलाउँन थाल्छौ र त्यो बालकको जीवनमा प्राण बनेर बसी दिन्छौ भानुभक्त तिमी !

 "नेपालीको हिर्दय पटमा ,ज्ञान ज्योति जगाई ,
छर्दै भाषा मन र मुटुमा ,भाव धारा बढाई"

पिता धनन्जयआचार्य र माता धर्मावती देविका पुत्रको रुपमा तनहु को रम्धामा विक्रिम सम्बत १८७१ आषाढ २९ गते यो धर्तीमा उदाएका रहेछौ अनि तिम्रो बाल्यावस्थाको पहिलो बिद्यालय आफ्नै हजुर वुबा श्रीकृष्ण आचार्य बाट स्कुलको प्रथम शिक्षाको सीडीबाट अनेकौ शिक्षा प्राप्त गर्दै गाउ घरमा गास काट्ने घासिलाई देखेर तिम्रो मुखबाट गुन्जिएका यी नेपाली साहित्य भावहरुले प्यासिएकलाई कुवा र थाकेकलाई पाटी बनाएर शितलता दिन सकियियोश भनेर निर्माण गर्ने तिम्रो सुन्दर चाहना र ,इच्छा बाट केहि नकेहि नाम कमाउने प्रेणाहरु पाउदा तिमीले मनुष्य जीवन र सम्पुर्ण संसारका प्रतिक रागिवन र मूल्यका प्रतिक रामले पाएका राजमहलबाटको बनवास यात्रालाई लोकहितका निम्ति उदारहण बनाउन अबस्था र परिस्थिति अनुरुप क्रम गर्न लोकहितको लागी आई परेका जस्तो सुकै काम पनि कर्तव्य सम्झेर गर्नु पर्छ भन्ने आदर्शको संस्कृति भाषालाई अनुबाद गरि सबैले बुझ्न र मनन गर्न सक्ने होस् भनेर तिमीले नेपाली भाषामा अनुवाद गरि प्राण थप्ने कामको प्रचार गरयौ

" मोती दाना टपटप टिप्यौ,अमृतै हो कि कस्तो ,
तिम्रो स्रद्धा अजमर रह्यो ,जिवितै हो कि जस्तो "

जुन कसैले त्यो भन्दा पहिला प्रयेत्न गरेका थिएन् / हजारौ वर्षा देखि पुर्बिय जगतमा उपजिब्य बनेका प्रतिनिधि ग्रन्थ रामायणको नेपाली भाषामा पुर्ब जन्म गराउन तिमी सफल भयौ जसरी एउटा आमाले सन्तानलाई आफ्नो मुटु चुडालेर जन्मदिन्छिन र अमृत दुधको पान गराएर जीवनलाई मुल्यवान बनाउन हरेक रात र दिन नभनी कोशिश गर्दछिन् त्यस्तै तिमीले पनि कोशिश गरेर हरेक नेपालीको हिर्दयमा सुर्य उदाए झैँ उदाउँन सफल भयौ भानुभक्त तिमी /

 " तिम्रै छायाँ घरघर अझै,झुल्किने घाम जस्तो,तिम्रो माया त्रिषित शिशुको ,दुग्धको पान जस्तो "

साच्चै भन्नु पर्दा तिमीले गरेको योगदान र सृष्टिको नेपाली जगतमा अतुलनीय छ । भाषा,साहित्य,संस्कृति,धर्म,दर्शन ,परम्परा, चरित्र ,मर्यादा,पितृ प्रेम ,भातृत्व,,दाम्पत्य समुग्र बिषयको समन्वयन एबं समिष्ट भावहरुको प्रदान गरेर भानुभक्त तिमी नेपालको राष्टिय विभूति जस्ता सम्मानले बिभुसित भयौ ..।

 "बाटो खुल्यौ सरस मसिले ,लेखिने दौडिए झन्,
साच्चै मेरो हिर्दय ध्वनि यो ,आन्त जादैन यो मन "

तिमीलाई कसले पो चिन्दैन र ? जब बाणी मुखबाट निस्कन्छन अनि तिम्रै साहित्य शब्दमा गीतका गुन्जायमान हुने गर्दछन ..अनि तिमी त्यहा ठिंग उभिए झैँ लाग्छ । तिमी त् जुन सुकै कलम चलाउने लेखकका कलमको टुप्पामा र त्यसलाई अध्ययन गर्ने प्रेमीको मुखको वाणीमा गएर धड्कन भएर बसेका छौ भानुभक्त तिमी ।

 "आत्मालाई पनि तिमी तिरै, पूर्ण विछ्यई दिन्छौ ।
 फेरी आउ यस धर्तीमा ,सम्झ नेपाल भन्छौ ,।

हामी सबै तिम्रा ज़हाँन विश्वभरी छरिई वसेका छौं यो तिम्रो दाइत्व हो हामी नेपाली साहित्यमा सम्रिद्ध वन्दै विश्व विख्यात वनाउन चाहनछौं र फेरी तिमीलाई मुटुभरी माया र गहभरी आशु अनि हातभरी फुलले श्रध्दा गरी आह्वान गर्छौं हेर भानुभक्त तिमीले फेरी जन्म लिनु पर्छ अनि यो धर्तिलाई सत्संग र सदभावना र प्रेमको अंकुर उमार्न नेपाल र नेपालीलाई सम्झेर आउनु पर्छ त्यसैले भानुभक्त तिमी अवस्य फेरी आऊ ।

 "घासी तिम्रो गुरु प्रियशाखा,चेतनाको मुहान,
विश्वै ढाकी छरिई वसने हामी तिम्रै ज़हाँन ।

 घासी तिम्रो दौतरी प्रिय साथी मात्र नभई चेतनाको श्रोत नै भएर तिम्रो गुरुको रुपमा ठिंग उभिए , त्यस्तै हामी पनि तिम्रो हरेक रचनाबाट अतुलीय साहित्य भावहरु बटुल्दै ,काधमा घासको भारी बोकेर हिड्ने किसान र लौरोको भरमा पसिनाले निथ्रुक्क भिजेर हिड्ने मागी खाने अपांगलाई देख्दा पाटी र पौवा बनाउने तिम्रो विशाल चाहनालाई कदर गर्दै ,मिठो श्लोकहरु बाट मोहित भएर संसार भरि तिम्रै गुण गाउँन छरिएका छौ ,। तिम्रो यस्तो कृतिले हामी सम्पूर्ण नेपाल र नेपालीलाई प्रेणा र चेतनाको ज्योति बनेर उदायौ,त्यसैले आज गर्ब गर्दै हामी पनि साहित्यको सिर्जना गर्न दुधे कलम समात्दै बिश्व भरि छरिएर लागि परेका छौ भानुभक्त "।

नेपालीका तिमी त् तुलसी,दास वा कालिदास ?
स्रद्धा बोकी कलम मसिले ,गर्छु यस्तै प्रयाश "

संस्कृति साहित्यलाई काली दासले अलंकारिक संरचना गरि धेरै सम्वृद्ध बनाए उनि संस्कृति साहित्यका उपमाकार (उपमा को अलंकार ) भए जस्तै तुलसी दास हिन्दी (अवधि) भाषा रामायण तयार गरि राम चलित मानश जस्ता अन्य धेरै धार्मिक साहित्यको रचना गरि भारतीय हिन्दुहरुको देवता सम्म बन्न सफल भए त्यस्तै तिमी पनि नेपालीका लागी कालीदास र तुलसी दासलाइ बिर्साउने उपमा हामी नेपालीको लागी तिमी बन्यौ भानुभक्त "। आज तिमीलाई म मनन गरि रहेकी छु र मेरो यो भाव पूर्ण तिमो लागी दुइ शब्द कोर्दै सद्धा सुमन अर्पण गर्दछु ।
मन्दाक्रान्ता छन्दमा भानुभक्तका लागी समर्पण मेरो कविता ....

 तिम्रो झल्को अमर इतिहास, सै बनोश नित्य छायाँ,
नेपालीका घर घर हुने ,प्रेम वास्लय माया,

पाटी , पौवा नदी ,झरना ,ताल उच्च हिमाल ,
बोल्छन रामायण र कविता नित्य,छौ है विशाल ,

पृथिवीनारायण अति ठुला ,देश निर्माण गर्ने,
तिम्रा प्यारा सरस कविता,हामीमा राज गर्ने "

नेपालीका तिमी त् प्रकृति ,सुर्य हौ जड विनासी । ,
आभा,कृति,धन,वल,विभु,शान्ति एश्वर्य भाषी "

तिम्रो छायाँ छलकी रहने ,रात्री संध्या बिहान ,
साथी जस्तै शुख र दुखमा ,बोल्छ भानु पुराण"

नेपालीको हिर्दय पटमा ,ज्ञान ज्योति जगाई ,
छर्दै भाषा मन र मुटुमा ,भाव धारा बढाई"

मोती दाना टपटप टिप्यौ,अमृतै हो कि कस्तो ,
तिम्रो स्रद्धा अजमर रह्यो ,जिवितै हो कि जस्तो "

तिम्रै छायाँ घरघर अझै,झुल्किने घाम जस्तो,
तिम्रो माया त्रिषित शिशुको ,दुग्धको पान जस्तो "

बाटो खुल्यौ सरस मसिले ,लेखिने दौडिए झन्,
साच्चै मेरो हिर्दय ध्वनि यो ,आन्त जादैन यो मन "

आत्मालाई पनि तिमी तिरै, पूर्ण विछ्यई दिन्छौ ।
 फेरी आउ यस धर्तीमा ,सम्झ नेपाल भन्छौ ,।

घासी तिम्रो गुरु प्रियशाखा,चेतनाको मुहान,
विश्वै ढाकी छरिई वसने हामी तिम्रै ज़हाँन ।

 नेपालीका तिमी त् तुलसी,दास वा कालिदास ?
स्रद्धा बोकी कलम मसिले ,गर्छु यस्तै प्रयाश "


(२) कविता "मन्दाक्रान्ता छन्द "

कोहिमान्छे सरस मतिका प्रेम तृष्णा सुधार्ने ।
 मनमा बस्तै मधु जडित वास्ना छरी राज गर्ने ।

 यात्रा लामो तय गरी गरी लक्ष्य शुन्यै भएर ।
 चोरी मोरी दिल मधुभरी वस्छु टाढा गएर ।

 उन्दै माला श्रीजन फुलका हातमा हौसिएर ।
 तान्दै चाला चपल मनका झन् तरंगै लिएर ।

 आाँधी आएसरी मन लगी वन्दी हुँ क़ैदी जस्तै ।
 भुल्दा भुल्दै त्रीषीत वनियो जीवनी हो कि यस्तै?

तिम्रो माया कलुषित छ वा स्वार्थले बेरिएर ।
 ढाक्यौ मेरो दिलमन जिती प्रेम माला जपेर?

तिम्रो छाया सरस बुझने मूर्ख मन् भित्र पस्तै ।
 धोखा हो कि त्रिषित मन यो भन्छ कत्ति नफस्दै ।

 कुनबाटोमा मन बिटुलियो प्रीति छाया बढेर ?
दर्शन केहो अम्रित सुशुभा ज्ञानज्योति दिएर ।

 हाँसीहाँसी दिलमन विना दिक्क लाग्ने उराँठ ।
 बाँकी के हो प्रीय मनशखा बाल नौलो चिराग़ ।

 चोखो माया मनविचरहे वन्छ यौटा निसानी ।
 साझा श्रिष्टी अजमर रहे हुन्छ राम्रो कहानी ।

 बाँटों हिड्दा मुटुभरी ब्यथा पोखिए के भयो र?
आशा त्यागी क्षितिज प्रतिमा ! तुल्य हौ के थियो र?

चोखो माया मनविचरहे वन्छ यौटा निसानी ।
 साझा श्रीष्टि अजमर रहे हुन्छ राम्रो कहानी ।

 बाँटों हिड्दा मुटुभरी ब्यथा पोखिए के भयो र?
आशा त्यागी क्षितिज प्रतिमा ! तुल्य हौ के थियो र?

निशा खनाल अर्याल
 इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com