झिसमिसे साँझ.........
ओहो, तिम्रो केशको रङ्ग त खुइलियेछ . . . ,. उनि (मेरी बालसखी दुस्मनकी छोरी तर निर्दोष) चियाकप म अगाडी राख्दै यसो भन्छिन . . . . .
यहाँ मेरो जीवनको रङ्ग त खुइलि सक्यो, केशको रङ्गको त के कुरा , मन-मनै बके...
उनि झक झक्यउछिन . .
हँ , म अलि झसङ्ग भएँ ... र आफुलाई सम्हाल्दैं भने आजकल मलाइ यस्तै मन पर्छ .. .
मेरो मन भित्रको वनमा कतै नभएको डढेलो लाग्यो , ,
उनि मस्त थिइन गफमा . . . घ्वार्र . . कुर्सि तानेर बस्छिन . . .
ओहो कत्ति मा भेट भो है... हाम्रो. . .. तर तिम्रो अनुहार किन खिन्न छ नि ? फेरी थप्छिन . . सबै ठीकठा त छ . . .?
कुन ठिक कुरा सुनाउँ , कुन बेठिक कुरा सुनाउँ . . . अलमल परे बोल्न मनै लागेन . . .
उनि, उनको पारिवारिक शुख, प्रगति, खुशी , शान्ति , सिद्धि आदिका कुरा, बडेमान गज्जब सँग गर्दै गइन .,,
म सहि थाम्दै मनको डढेलोलाइ चियाको चुस्किले भिजाउदै थेँ... . .
....... लाग्दै थ्यो म चिया होइन रगतको चुस्की पिउदैछु . . . . . .
कतै हराउंदै थेँ , पोलिंदै थेँ चिया भन्दा तातो आफ्नै मनको ज्वारमा . . .
उनि बोलिन ...बोलिन ... बोलिन . . . र भनिन ल अब सुनुँ उताका कुरा . . . ...
म मौन रहेँ .. . रहिरहें . . .
तिमीलाई के था जीवनको जँघारहरु कति अप्ठ्यारा, साँगुरामा च्यापिएर गुज्रे, कतिऔं पल्ट डुबुल्की मारे धमिला दहहरुमा । सुक्सुकाउँदा सपनाहरु कति पल्ट भिजे आँशुका पोखरीमा । परिबन्दका डोरीमा कसिंदा , पीडाका पहाड थाम्दा , दुर्भाग्यको अचानो बन्दा . . . के बित्यो ...? के बताउँ तिमीलाई . . .!
कसरि बताउँ गरीब हुनुको श्राव कस्तो हुन्छ !
हली बाउलाई जमिन्दारले कुटेर मर्दा, गोरु झैं खेतमा आमा जोतिंदा , जया ज्यथाको नाममा एक इज्यत/चरित्र थियो त्यसमाथि उनै जमिन्दारले बार बार बलात्कार गर्दा फिका बनेकोछ जिन्दगी, खुशीका रङ्ग रोगन उडेको छ सबै . . . . . यसैले त म त्यो अन्याय, अत्याचारबाट मुक्त हुन उठेँ र गरे तिनको हत्या , निकाली दिएँ ती गिद्धे आँखा, भाची दिएँ ती राक्षसी हातहरु जसले मेरो स्वाभिमान चोक्टा चोक्टा गरि लुछे . . .
ए शाक्षी . . . के भयो हँ तलाई ? के सोचिराको ? यी चिया चिसो भैसक्यो . . .
तँ पिउदैनस पनि , बोल्दैनस पनि के भो ?
चुप चाप म, फाटिसकेको झोला बाट एक डायरी निकाली उसलाई दिन्छु र भनिदिन्छु तिम्रो हर प्रश्नको उत्तर यहीं डायरीमा छ .. ,, जसले मेरो आँगन उजाड्यो, उसको मैले जीवन उजाडें, उ तिम्रो जन्मदाता... थियो ... ..
नेपथ्य मा कोहि रुएको सुनियो..... पर्दा खस्यो . . .
नाटक सकिन्छ ...... ।
यासिन
इज़रायल