नाटक !

झिसमिसे साँझ.........
ओहो, तिम्रो केशको रङ्ग त खुइलियेछ . . .  ,.   उनि (मेरी बालसखी दुस्मनकी छोरी तर निर्दोष) चियाकप म अगाडी राख्दै यसो भन्छिन . . . . .
यहाँ मेरो जीवनको रङ्ग त खुइलि सक्यो, केशको रङ्गको त के कुरा  , मन-मनै बके...  
उनि  झक झक्यउछिन  . .
हँ , म अलि  झसङ्ग भएँ  ... र आफुलाई सम्हाल्दैं भने  आजकल मलाइ यस्तै मन पर्छ .. .
मेरो मन भित्रको वनमा कतै नभएको डढेलो लाग्यो , ,
उनि मस्त थिइन गफमा  . . . घ्वार्र . .  कुर्सि तानेर बस्छिन . . .
ओहो कत्ति मा भेट भो है... हाम्रो. . .. तर तिम्रो अनुहार किन खिन्न छ नि ? फेरी थप्छिन . .  सबै ठीकठा त छ . . .?
कुन ठिक कुरा सुनाउँ , कुन बेठिक कुरा सुनाउँ  . . . अलमल परे बोल्न मनै लागेन . . .
 
उनि, उनको पारिवारिक शुख, प्रगति, खुशी , शान्ति ,  सिद्धि आदिका कुरा,  बडेमान गज्जब सँग गर्दै गइन  .,,
म सहि थाम्दै मनको डढेलोलाइ चियाको  चुस्किले भिजाउदै थेँ... . .
....... लाग्दै थ्यो म चिया होइन रगतको चुस्की  पिउदैछु . . . . . .
कतै हराउंदै थेँ , पोलिंदै थेँ चिया भन्दा  तातो आफ्नै  मनको ज्वारमा  . . .
उनि बोलिन ...बोलिन ... बोलिन  . . . र  भनिन ल अब  सुनुँ  उताका कुरा . . . ...
म मौन रहेँ  .. .  रहिरहें . . .
तिमीलाई के था  जीवनको जँघारहरु  कति अप्ठ्यारा, साँगुरामा च्यापिएर गुज्रे, कतिऔं पल्ट डुबुल्की मारे धमिला दहहरुमा । सुक्सुकाउँदा सपनाहरु कति पल्ट भिजे आँशुका पोखरीमा । परिबन्दका डोरीमा कसिंदा , पीडाका पहाड थाम्दा , दुर्भाग्यको अचानो बन्दा . . . के बित्यो ...? के बताउँ तिमीलाई . . .! 
कसरि बताउँ गरीब हुनुको श्राव कस्तो हुन्छ !
हली बाउलाई जमिन्दारले कुटेर मर्दा, गोरु झैं  खेतमा आमा जोतिंदा , जया ज्यथाको नाममा एक इज्यत/चरित्र थियो त्यसमाथि उनै  जमिन्दारले बार बार बलात्कार गर्दा फिका बनेकोछ जिन्दगी, खुशीका रङ्ग रोगन उडेको छ सबै . . .  . . यसैले त म त्यो अन्याय, अत्याचारबाट मुक्त हुन  उठेँ र गरे तिनको हत्या , निकाली दिएँ ती गिद्धे आँखा, भाची दिएँ ती राक्षसी हातहरु जसले मेरो स्वाभिमान चोक्टा चोक्टा गरि लुछे . . .  
ए शाक्षी . . . के भयो हँ तलाई ? के सोचिराको ? यी चिया चिसो भैसक्यो . . .
तँ पिउदैनस पनि , बोल्दैनस पनि के भो ?
चुप चाप म, फाटिसकेको झोला बाट एक डायरी निकाली उसलाई  दिन्छु र  भनिदिन्छु तिम्रो हर प्रश्नको उत्तर यहीं डायरीमा छ .. ,, जसले  मेरो आँगन उजाड्यो, उसको मैले जीवन उजाडें, उ तिम्रो जन्मदाता... थियो ... ..
नेपथ्य मा कोहि रुएको सुनियो..... पर्दा खस्यो . . .
नाटक  सकिन्छ ...... ।

यासिन 
इज़रायल 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com