कार्यक्रम साझा सवाल, भाग- 338: Labour Rights in Nepal


मजदूर र मजदूरलाई काम दिने रोजगारदाताबीच आफ्नो आफ्नो हकहितका विषयलाई लिएर पटक पटक द्वन्द्व हुने गरेको छ । यही द्वन्द्वलाई कारण देखाउँदै कतिपय उद्योगधन्दा बन्द भएका छन् भने सयौंले रोजगारीसमेत गुमाएका छन् ।

यस्तो अवस्थाको कसरी अन्त्य गर्न सकिएला? आज हामी रोजगारदाता र मजदूरको बीचको सम्वन्ध र त्यसले पारेको प्रभावबारे बहस गर्दैछौं । यसका लागि हामीसँग श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे, नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विष्णु रिमाल र एकीकृत नेकपा माओवादीसम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव गणेश रेग्मी हुनुहुन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com