नाई नभन्नु ल २ नेपाल र अष्ट्रेलियामा एकै साथ प्रदर्शन हुने with promo . . . .

भर्जिनिया चैत्र २०,

विजय थापा : नाई नभन्नु ल को सफलता पछि नाई नभन्नु ल २ नेपाल र अष्ट्रेलियामा एकै दिन एकै साथ चैत्र २८ शुक्रबार (अप्रिल ११ तारिख ) ​ ​प्रदर्शन गरिने भएको छ  बिदेशमा पनि नेपाली चलचित्र हेर्ने चाहना राख्ने नेपाली समुदायको वृद्धि हुदै गएकोले नेपाल र अष्ट्रेलियामा एकै पटक एकै दिन प्रदर्शन गर्न लागिएको उक्त चलचित्रका नायक सरोज खनालले बताए 

बाल मनोबैज्ञानिक र सत्य कथाको आधारमा निर्माण गरिएको उक्त चलचित्रमा चलचित्र अभिनेता सरोज खनालले एक दशक पछाडी अभिनय गरेको बताए  लामो समय पछि ठुलो पर्दामा अभिनय गर्दा कस्तो अनुभव भयो भनि उनलाई सोधिएको प्रश्नमा उत्तर दिदै उनले भने बिदेशमा पनि बिभिन्न कार्यक्रममा सहभागी भै रहने र यस्ता अभिनय बिभिन्न कार्यक्रममा गरि रहने भएकोले कुनै समस्या नभएको बताए 

​नेपाल अधिराज्यका करिब १ सय २५ वटा जति चलचित्र घरमा एकै साथ प्रदर्शन हुने बताउदै अमेरिकाको ओहायो र पेनसेल्भानिया राज्यमा अप्रिल १८ गते प्रदर्शन हुने निधो भै सकेको जनाए  उक्त चलचित्रले राम्रो ब्यबसाय गर्ने र दर्शकले मन पराउने छन् भन्दै सबैलाई चलचित्र एक पटक हेर्न आग्रह गरेका छन् चलचित्रको निर्देशक बिकाश आचार्यले गरेका छन् निर्माता दिनेश पोख्रेल हुन् 

 ​कलाकारहरुमा जीवन लुइँटेल ,सरोज खनाल ,प्रियंका कार्की ,सिताराम कट्टेल (धुर्मुस ),अनुभव रेग्मी ,सुज्ञानी भट्टराई ,सुरज ठकुरी तथा निर्दोष केसी आदि रहेका छन् 

 ​श्रब्य दृश्य (भिडियो सहित )

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com