उपचारका गर्न रातभर लाइन

प्युठान चैत्र २०,

जिल्ला अस्पताल बिजुवारमा सञ्चालित स्वास्थ्य शिविरमा बिरामी तथा उनका आफन्त रातभर लाइन बस्ने गरेका छन् । दैनिक १ सय ५० बिरामी परीक्षण गरिने भएपछि राति लाइन बस्नुपरेको हो । 

आइएनएफपोखराले सञ्चालन गरेको साताव्यापी निशुल्क कान उपचार शिविरमा आएका बिरामीले गर्दा प्राय सुनसान हुने जिल्ला अस्पतालमा हिजोआज चहलपहल बढेको छ । चार सयभन्दा बढी बिरामी रातभर पालो कुर्दै लाइनमा बस्ने गरेका छन् । जिल्लामा लामो सयमसम्म कानको शिविर नभएका कारण बिरामीको संख्या बढेको हुन सक्ने आइएनएफका टोली प्रमुख एकदेव देवकोटाले बताए । 

‘लामो समयदेखि कानको शिविर सञ्चालन भएको रहेनछ,’ उनले भने, ‘गम्भीर प्रकृतिका बिरामी धेरैको संख्यामा हुन सक्ने अहिलेको अध्ययनले देखाएको छ ।’ सामान्य अवस्थाका बिरामीहरुले कानको जाँच गराउने प्रविधि नभएर नगराँउदा प्युठानमा कानका कारण दीर्घरोगीहरुसमेत हुन सक्ने उनले बताए । गत मंगलबारदेखि सञ्चालन भउको शिविर मंगलबार सकिँदै छ । 

शिविरमा कानको सम्पूर्ण उपचार तथा औषधि निशुल्क प्रदान गरिएको छ । सुरुको दिन परीक्षण गराउन बिरामीलाई लाइन लाग्न नपरे पनि अर्को दिनबाट दैनिकजसो रातभर लाइन बसेर मात्र परीक्षण गराउने गरेका छन् । रातभर लाइनमा बसेका १ सय ५० जनालाई नम्बर दिई उनीहरुको मात्र परीक्षण गरिने गरिएको छ ।(कान्तिपुर)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com