न्युयोर्कमा क्याटवाक गर्दै पवनकली Photo Feature . . .

न्युयोर्क चैत्र २८ 

बिजय थापा : गांउबाट शहरमा आएको युवतीको भुमीकामा पवनकली शो नामक टेलिभिजन कार्यक्रम सन्चालन गरेर चर्चामा आएकी माम्पी घोष यतिबेला न्युयोर्कको फेशन शोमा ब्यस्त हुन थालेकी छन् । 

टेलिभिजन कार्यक्रम पवनकली शोमा गांउले युवतीको भुमिकामा देखिएकी पवनकली न्युयोर्कमा रहेको साउथ एशिएन कम्युनिटीमा फेशन शोमा ब्यस्त रहेकी हुन् । अध्यनका लागि बिगत केहि महिना देखि न्युयोर्कमा रहेकी माम्पीले फेशन सम्बन्धी कार्यक्रममा भाग लिनुका साथै अमेरिकामा रहेका साउथ एशिएन सन्चार माध्यमा आफ्नो करियर अगाडि बढाउने योजना रहेको सुनाईन् । 

कानुन क्षेत्रमा अध्ययन गर्दै गरेकी माम्पीले अप्रील महिनामा मात्र दुईवटा फेशन शोमा क्याटवाक गरेकी छन् । न्युयोर्कको फेशन शोको बारेमा आफ्नो अनुभब सुनाउंदै माम्पीले भनिन् “ नेपालमा रंहदा होस् या बिदेशमा जंहा रहेर पनि आफ्नो लक्ष्य पुरा गर्ने यात्रामा लाग्ने छु ।”



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com