महजोडीले लन्डन तताउने I

लण्डन चैत्र २८,

नेपाली नयां बर्ष २०७१ को अवसर पारी बेलायतका विभिन्न शहरमा आयोजना गर्न लागिएको ‘मह यात्रा २०१४’ बारे लण्डनमा जानकारी गराईएको छ । ‘मह यात्रा २०१४’ आयोजक कमिटिले शनिबार इलिङस्थित मण्टिज रेष्टुरेण्टमा पत्रकार सम्मेलनगरी कार्यक्रम सम्बन्धि जानकारी दिएको हो । 

‘मह’ यात्रा २०१४ का संयोजक कुल आचार्यले नेपालका लोकप्रिय कलाकार मदनकृष्ण्ँ श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) का साथै गायिका अन्जु पन्त, मोहित आचार्य र नरेन्द्र कंसाकारको समूह बेलायत आउने बताए । कलाकारको टोली आगामी अप्रिल २४ मा ‘मह’ यात्राका लागि बेलायत उत्रनेछन । maha-comedy-show-ana-convention मह यात्राको पहिलो कार्यक्रम स्वरुप २६ अप्रिल सांझ शनिवार अल्डरसटस्थित प्रिन्सेस हल, आइतबार २७ अप्रिल सांझ लन्डनस्थित ह्यारो लिजर सेन्टर र ४ मे मा हकिङ्ज कम्युनिटी सेन्टर, फोल्क्स्टोन केन्टमा हुनेछ । 

तिनघण्टा लामो सांगितिक कार्यक्रममा सहभागिहरुले भरपुर मनारेञ्जन लिने कार्यक्रममा व्यवस्थापक सपन कुमार राईले जानकारी दिए । अल्डरसट, ह्यारो र फोल्क्स्टोन बाहेक नेपाली समुदायको अनुरोध आएमा अन्य कार्यक्रमहरु पनि आयोजना गर्न सकिने राईले बताए । कार्यक्रम सांझ ६.३० बजे शुरु हुने आयोजकले बताएका छन् । नेपाली कला संस्कृतिको जगेर्ना गर्न र ख्यातीप्राप्त नेपाली कलाकारहरुको सम्मानमा बेलायतवासी नेपालीहरुको अपार सहभागिताको अपेक्षा गरेका छौं, संयोजक आचार्यले भने, ‘अहिलेदेखि नै थेग्न नसक्नेगरी टिकेटको माग भइसकेको छ ।’ आफ्नो मातृभुमिका लोकप्रिय कलाकारहरुको साथमा नयांवर्È शुभकामना आदानप्रदान गर्न यो कार्यक्रमको परिकल्पना गरिएको आचार्यको भनाई थियो । 

बेलायतका विभिन्न स्थापनमा बर्षौ देखि कार्यक्रम तथा साउण्ड सिस्टम व्यवस्थापन गर्दै आइरहेको सपन इन्टरटेनमेन्ट लि. ले मह यात्रा प्रस्तुत गर्न लागेको हो । तिनस्थानमा गरीने कार्यक्रमबाट करीब तिनहजार बढि नेपाली सहभागिता हुने अपेक्षा गरिएको आयोजक मध्येका एक वीरेन खड्काले जानकारी दिए । व्यवसायीक उदेश्यका साथ महयात्रा कार्यक्रम शुरु गरिएतापनि कार्यक्रमबाट उठेको केहि रकम सामाजिक काममा खर्च गर्न सकिने आयोजकले बताएका छन् । यद्यपी त्यसबारे भने केहि खुलाईको छैन । सो अवसरमा सहभागि पत्रकारहरुलाई ‘मह यात्रा २०१४’ व्यवस्थापन समितिले खादा लगाई सम्मान गरेको थियो । धर्मराज अधिकारी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com