समा श्री को ' वंशलोचन ' कविता संग्रह लोकार्पण Photo Feature . . .

काठमाण्डौ बैशा १३,   

नारिदर्पण : आज राजधानीमा कवयत्री समा श्री को पहिलो कृति कविता संग्रह  ''वंशलोचन '' को लोकार्पण भयो । काठमाण्डौ निवासी समा श्री बैदेशिक रोजगारको सिलसिलामा हाल इज़रायलमा कार्यरत कवयित्री हुनुहुन्छ साहित्यका विभिन्न विधामा आफ्नो धारिलो साहित्यिक कलम चलाउनु हुने समाको मुख्य विधा भने कविता नै हो। 

नेपाली साहित्यका बरिष्ठ कवि तुलसी दिवसले  कवयित्री समा श्रीको कविता संग्रह  "वंशलोचन" को लोकार्पण गर्नु भएको थियो । यस्तै आवरण.कमको आयोजना र जालसा नेपालको संयोजनमा वंशलोचन को लोकार्पण शुभ-कार्य सम्पन्न भयो । बरिष्ठहाल  कवि तुलसी दिवस ज्यु , चर्चित कवि श्रवण मुकारुङ ज्यु , गजलकार तथा समीक्षक ललिजन रावल ज्यु ,प्राध्यापक डा .रामबिक्रम सिजापति ज्यु र समालोचक गीता त्रिपाठी जी को उपस्थितिमा काठमाण्डौको तीनकुने होटेल नेसनल भिजनमा सम्पन्न भएकोहो । 

कवि रमेश पौडेल ,कृतिका प्रकाशक सञ्जय राउत,साहित्यकार विपुल सिजापति,आनन्द श्रेष्ठ कवयित्रीकी सुपुत्री डा.सुजना राउतले कृति तथा कृतिकारको बारेमा बोल्नु भएको थियो ।

 ,, , , , तस्विर-उद्धव तामाङ्ग . . . 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com