अबुधाबी चैत्र २९,
निमकान्त पाण्डे : बैदेशिक रोजगारीका निम्ति युएई मा कार्यरत नेपालीहरुले अब छिटै ( MRP ) पासपोर्ट लिने चाहना अनुरुप दैनिक सयौको हाराहारीमा सेवाग्रहीहरू नेपाली दुताबास आबुधाबी पुग्ने गरेका छन।
श्रोतका अनुसार बाहिरबाट फारम भरेको या फोटो खिचेकोलाई मान्यता नहुने भएको हुदा पनि दुताबसमा सेवाग्रहीहरूको संख्या बढ्दै जादा समय धेरै लाग्ने गरेको नयाँ ( MRP ) पासपोर्ट बनाउन आउने सेवाग्राहीहरु बताउछन। आबस्यक कर्मचारीको अभाबका कारण नै होला प्राय जसो अगाडिको काउन्टर खाली नै देखिने दुताबासमा ब्यबस्थित गर्ने सुरक्षा गार्ड नै छैन।
युएईमा क्रियासिल सयौको सख्यामा रहेका नेपाली संघ सस्थाका कुनैपनि स्वयमसेवक वा प्रतिनिधिहरु दुताबास सम्म आईपुगी नेपालीका लागि निशुल्क काम गरि सेवाग्रहीहरूको बढेको चापलाई सरलीककरण बनाउन भ्याई सकेको देखिदैन।
काउन्टरका एक जना मात्र कर्मचारी भित्र बाहिर सबैकाम हेर्नु पर्ने भएकाले भरिसकेको फारम बुझाउन कम्तिमा पनि २ घण्टा पर्खेको दुबईबाट पुगेका सुर्य ज्ञावाली बताउछन,उनले भने ' टाढाबाट डिउटी नै छाडेर पासपोर्ट बनाउन आउदा फारम, दस्तुर बुझाउन निकै गाह्रो भयो,बिहान चाडै आउन नसके कति दिन धाउनु पर्ला त्यस पछि पुरानो पासपोर्ट नलिई त जानु नै भएन, यदि राहदनी नबिकरण गर्नु छ भने टाढाका नेपालीहरु समयमा नै दुताबास आउनुहोस नत्र भने समयमा भ्याउन गाह्रो छ।
गतहप्ता दुबईमा भएको एक कार्यक्रममा नेपाली दुताबासका राजदुत महामहिम धनन्जय झा ले यस प्रक्रियालाई छिटै नै सेवालाई थप ब्यवस्थित,सहजिकरण बनाउने बताए ।