किराँत राई यायोख्खा नेपाल इज़रायल पुनर्गठ I

तेल अभिव (इज़रायल) चैत्र ३०,

सुनिता राई : अप्रिल ११ तारिक शुक्रबार २०१४ किराँत राई यायोख्खा नेपाल इज़रायल ले नयाँ कार्य समिति गठन गरेको छ । प्रवासमा रहेर पनि आफ्नो भेषभुषा, कला, संस्कृति र पहिचानलाई संरक्षण र सम्बर्दन गर्ने हेतुले अगष्ट १८ तारिक २०१२ मा  पुर्व अध्यक्ष मिना बन्तावाको अध्यक्षतामा स्थापित किराया संस्थाले बर्षमा २ ओटा साकेला उभौली र उधौली मनाउदै आएको थियो । 

किराँत राई यायोख्खा केन्द्रको बिधान अनुसार हरेक तीन बर्षमा कार्यकाल सकिने भए पनि इज़रायल मा काम, कार्य र परिस्थितिलाई मध्यनजर राख्दै समितिको कार्यकाल बर्ष दिनमा सकिने वा हरेक बर्ष पुनर गठन गरिने र नयाँ कार्य समिति चयन हुने बिधान बनाइ सकेको स्रोत ले जानकारी दिएको छ । किराँत यायोख्खा सोसाइटी इन इज़रायल नामले स्थापित यो संस्था केहि समय पछि समितिले छलफल गरि किराँत राई यायोख्खा नेपाल इज़रायल नामाकरण गरेको हो ।

प्रथम कार्य समितिले बिधान तयार गर्दा केहि समय लागेकोले नयाँ कार्य समिति गठन मा थोरै  ढिलाई भएको भए पनि ढेड बर्षको अन्तरालमा उक्त संस्थाले आफुमा एकरुपता, एकाबद्ध र निकै दह्रो भै उभिएको उदाहरण उनीहरुले गरेको सशक्त कार्यक्रमले स्पष्ट गर्छ । एउटा संस्थाले अपनाउनु पर्ने सहि बाटो हिड्दै स्थानिय सबै संस्थाहरु संग हातेमालो गर्दै सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।

 नवगठित किराया संस्थाका नयाँ पदाधिकारीहरु . . . . 

१) अध्यक्ष : कुमार राई 
२) उपाध्यक्ष : बिजय बिद्रिही राई 
३) महासचिव बबिना राई 
४) सचिव : सुनिल राई 
५) कोषाध्यक्ष : निलिमा साम्पाङ्ग राई 
६) सह-कोषाध्यक्ष : बिमला राई 

सदस्यहरु. .. . . 
कार्य समिति भित्रका सदस्यहरु.... 
७) आनन्द सुब्बा राई 
८) सुनिता राई देवान 
९) बिना साम्पाङ्ग राई  
१०) कशिस बान्तावा राई 
११) बिमला सुनुवार 

तथा किरायाका सल्लाहकारहरु . . . 
१) मिना बान्तावा राई 
२) सुबास राई 
३) सुनिता राई (यासिन)
४) युवराज राई 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com