काठमाडौं
विश्व साइकलयात्री पुष्कर शाहले चलचित्रमा अभिनय गर्ने भएका छन्। निर्माणाधीन चलचित्र 'साइकल'मा उनी अभिनय गर्दैछन्। चलचित्रमा उनको भूमिका साइकलयात्री नभएर अध्यापकका रूपमा देखिँदैछ।
ललितपुरको ओमेगा कलेजमा भएको छायांकनमा सोमबार उनी विद्यार्थीलाई पढाउँदै थिए। राजेन्द्र श्रेष्ठद्वारा निर्मित चलचित्रको निर्देशन शिव घिमिरेले गरेका हुन्।
विद्यार्थी जीवनका घटनालाई वास्तविक रूपमा चित्रण गरेर चलचित्र निर्माण गरिएको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा बिक्की मल्ल, गोविन्द केसी, आनन्द पुन, हर्षिका श्रेष्ठ, उत्तम केसी, दिनेश डीसी, ममता लुइँटेल, अस्मिता दाहाल, रामचन्द्र अधिकारीलगायतले अभिनय गरेका छन्। अन्नपूर्ण :