भर्जिनिया चैत्र २७,
विजय थापा : अमेरिकाको टेक्सास राज्यको अस्टिनमा अन्तरार्ष्ट्रिय बिधुतिय (अंकीय)पत्रकारिता विचार गोष्ठीमा सहभागी हुन् आएका सेतो पाटी डटकमका सम्पादक अमित ढकालसंग डिसी महानगर क्षेत्रका नेपाली समुदायले चरण बद्ध रुपमा अन्तरक्रियात्मक कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेका छन् । गत अप्रिल १ तारिख १ बर्ष पुरा गरि दोश्रो बर्षमा प्रवेश गरेको सेतो पाटी डटकमका सम्पादकले अमेरिकामा नेपाली समुदायसंग भेटघाट गरि सल्लाह सुझाब ,राय ,पृष्ठ पोषण (फिड ब्याक )लिने योजना मुताबिक डिसी महानगर क्षेत्रमा बसोबास गर्ने समुदासंग भेटघाट गरेका छन् ।
अन्तररार्ष्ट्रिय बिधुतिय (अंकीय)पत्रकारिता विचार गोष्ठीमा भएका छलफल सम्बन्धि चर्चा गर्दै वर्तमान समयमा परम्परागत रुपमा चल्दै आएका पत्रिका पढ्ने अभिरुचि राख्ने पाठक वर्ग अंकीय पत्रिकामा अधिक मात्रामा परिवर्तन हुन् थालेको अवस्था तथांकले देखाएको सम्पादक ढकालले बताए । छापा पत्रिका भन्दा हाल बिधुतिय पत्रिका (अनलाइन पत्रिका ) संचालनमा रहेका संचार माध्यमहरुलाई ठुलो चुनौती देखिएको ,आय श्रोत जुटाउन निक्कै कठिन पर्ने अवस्थाको श्रीजना भै रहेको जानकारी गराउदै भबिश्यमा अधिकांस पाठकको झुकाब बिधुतिय पत्रिका (अनलाइन पत्रिका ) मा हुने सम्भावना आंकडाले देखाएको बताए ।
र बिश्वका प्रख्यात ठुला पत्रिका हेर्ने र पढ्ने भन्दा पाठकले सोहि पत्रिका बिधुतिय माध्यममा संचालित पत्रिका हेर्ने चाहना राख्ने क्रम द्रुत रुपमा वृद्धि भएकोले यसको समाधानको लागि बिकल्पको खोजि गर्नु पर्ने अपरिहार्यता रहेको ढकालले बताए ।
सम्पादक ढकालले सेतो पाटी डटकमलाई कसरि दिगो र स्थाई रुपमा दिर्घ कालिन रुपमा धान्न र संचालन गर्न सकिन्छ भन्ने बिषयको सेरोफेरोमा केन्द्रित रही मस्तिष्क मन्थन गरिएको छ । डिसी नेपाली समुदायले बिभिन्न रचनात्मक सुझाब दिएका थिए भने सम्पादक ढकालले स्वैच्छिक ग्राहक बनाउने अवधारणा र सोच बारे अवगत गराउदै सेतोपाटि डटकमलाई यसरि लैजाने योजना रहेको बताए ।
उक्त बिषयमा विचार विमर्श पनि गहन रुपमा गरिएको थियो र जस अनुसार सेतोपाटि डटकमको ग्राहक बन्न चाहनेले स्वैच्छिक ग्राहक बन्नु पर्ने योजना बताईएको छ । पहिलो चरणमा अमेरिका र नेपालबाट यो योजना सुरु गरि स्वैच्छिक ग्राहकसंग न्युनतम निश्चित निर्धारण गरिएको शुल्क लिने सोच रहेको सम्पादक ढकालले बताए । उक्त स्वैच्छिक ग्राहक योजनामा केन्द्रित रही व्यापक बिचार बिमर्श गर्दा प्रयोगको रुपमा यो गर्दा नै उत्तम हुने जस्तो देखिएकोले प्रथम चरणमा स्वैच्छिक ग्राहक बन्न राम्रो हुन् सक्ने सम्भावना देखिएको छ ।
चाडो भन्दा चाडो स्वैच्छिक ग्राहक बारेमा बिस्तृत बिवरण सहित सेतो पाटीमा जानकारी गराइने सम्पादक ढकालले डिसी बासिलाई बताए भने पहिलो चरणको यो योजनाको सुरुवात पछि दोश्रो चरणमा अर्को योजना रहेको पनि बताए । अन्तरक्रिया कार्यक्रम वाशिंगटन नेपाल फोरम (मंच )को आयोजनामा गरिएको थियो ।
छोटो श्रब्य दृश्य (भिडियो ) . . . .