तेल अभिव (इज़रायल) बैशाख १४,
नारिदर्पण : नेपाली महिलाहरूको महान् तीज पर्व इजरायलमा पनि यस बर्ष भव्यताका साथ् मनाउने तयारी अहिले देखि नै भैरहेको छ । विशेष श्रद्धाका साथ् महिलाहरु यस पर्वमा आफ्नो पतिको लामो आयु र सु-स्वास्थ्य दिर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन ।
स्वदेश मा मात्र होइन प्रवासमा पनि संस्कार संस्कृतिलाई पछ्याउदै यो पर्व समस्त महिलाहरुले मनाउछन । यस बर्ष इज़रायलमा गएका वर्षा भन्दा अझ छुट्टै तरिकाले र अझ मनोरन्जनात्मक बनाउन दिदी बहिनीहरु लागिपरेका छन् । आउँदो अगष्ट महिनाको २९ तारिक शुक्रबार साँझ तीजको बिशेष सांस्कृतिक कार्यक्रम हुनेछ ।
प्रबासमा भएको यो प्रयास निकै प्रसंसनिय छ । हरेक साल कुनै न कुनै तरिकाले रमाइलो गरि मनाइने तीज पर्व यस पटक अझ फरक र अझ मनोरन्जनात्मक बनाउन सबै आ-आफ्नो काम काएयमा ब्यस्त का बाबजुत अनलाइन मार्फत बैठक बसी यी विभिन्न सल्लाहहरु सहमति भएको स्रोतले जनाएकोछ । तीजलाई बिशेष बनाउन इज़रायल मा कार्यरत महिलाहरुले एक २५ सदस्यीय कमिटी बनाएका छन् । तीजका लागि निकै उत्साहित दिदी बहिनी हरु उक्त समयमा कुनै पनि स्थानिय संघ संस्थाहरुले कार्यक्रम नजुधाई दिनु हुन हार्दिक अनुरोध समेत गरेका छन् ।
इज़रायलमा स्थापित विभिन्न संघसंस्थाहरू तथा स्वतन्त्र संचार मध्यम लगायत इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिवहिनीहरूले साथ् र सहयोग को अपेक्षा गर्दै सबैमा हार्दिक निमन्त्रणा पनि गरेका छन् . . . . .
आयोजक कमिटिका २५ सदस्यिय महिला दिदी बहिनीहरुको नाम निम्न प्रकार छन् .. . .
१] हजुरी शाह कडेल
२] नेहा गुरूङ
३] शुभद्रा भण्डारी
४] भवानी आचार्य हुमागाई
५] नितु खतिवडा
६] भगवती वस्नेत
७] काजल घिमिरे ( नानु )
८] रश्मी घिमिरे
९] सावी पाठक
१०] सिता तिवारी
११] सुमि आचार्य भण्डारी
१२] निता ढकाल
१३] अम्विका क्षेत्री
१४] लिला लिम्वु
१५] सुनिता पाख्रिन
१६] शान्ती पाख्रिन
१७] कोपिला कोईराला
१८ ] सविना खड्का
१९] संगिता तिमल्सिना
२०] मुना ढकाल
२१] संजिता वास्कोटा
२२] कल्पना न्यौपाने
२३] वर्षा शेर्पा लिम्वु
२४] सरिता विष्ट
२५] कमला नेपाल
भव्यताका साथ् २०७१ सालको तीज मनाउन अहिले देखि नै समितीले आधारभुत कार्य योजनाहरुका खाका तयार गरिरहेको सम्बन्धित स्रोतले जनाएको छ र साथै थप जानकारी दिंदै जाने बताए ।