रत्ननगर चैत २०,
पूर्वी चितवनको जयमंगलामा रहेको गामवेसीको
चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ वालवालिकाका
लागि आज स्टेशनरी सामाग्री सहयोग प्राप्त
भएको छ ।
नेपाल स्काउट चितवनले केन्द्रमा
आश्रित ५० जना वालवालिकालाई स्टेशनरी सामाग्र
ी सहयोग गरेको हो । त्यसैगरी नेपाल स्काउट
चितवनले राष्ट्रिय प्राथमिक विद्यालय छेरवाङमा
अध्ययनरत १५० जना विद्यार्थीलाई समेत स्टेशनर
ी सहयोग गरेको छ । चेपाङ संरक्षण केन्द्रमा
भएको कार्यक्रममा नेपाल स्काउटका प्रमुख
अयुक्त श्रीराम लामिछानेले चेपाङ
वालवालिकालाई स्टेशनरी हस्तान्तरण गर्नुभएको
थियो ।
नेपाल स्काउटका जिल्ला अयुक्त तिर्थर
ाज न्यौपानेको अध्यक्षतामा भएको सो
कार्यक्रममा केन्द्रका सहयोगी रुपेश चे
पाङ,पिसजोन वोडिङका प्राचार्य गणेश थापा,के
न्द्रका सदस्य नेत्रजी पन्त,स्काउट
चितवनका समन्वय आयुक्त रामप्रसाद पोखरेल
लगायतले वोल्नुभएको थियो ।