काठमान्डू चैत्र २३,
इजरेलका नेपाली कोष संकलन गर्ने
लक्ष्मी प्रतिष्ठान चेपांगहरूलाई घर बनाउने – क्या गज्जब बा!
इजरेलका नेपालीहरू अचम्मैले परोपकारी छन् भन्या! दुई महिनाअघि मात्र उनीहरुले परोपकारी अक्षय कोषका लागि ५५ लाख रूपैयांभन्दा बढी संकलन गरे। फेरी तुरून्तै चितवनको कान्दा गाउंस्थित चेपांगहरूलाई ८ वटा घर बनाउन झण्डै रू ३ लाख ४५ हजार संकलन गरेर पठाएछन्।
आफ्ना दुई होनाहारका छोराहरु एकै वर्षभित्र सडक दुर्घटनामा गुमाएपछि आहत भएका लक्ष्मी र विष्णु गौतमले गत ४ बर्षयता आफ्नो शौकलाई शक्तिमा र पीडालाई परोपकारमा रूपान्तरण गर्दै अनेकौं परोपकारी काम गर्दै आएका छन्।
त्यसै शिलशिलामा उनीहरू, उनीहरूकै शब्दमा, “चेपांगहरूका महानायक” चितवनस्थित पत्रकार एकल सिलवालको प्रेरणाबाट कान्दा गाउं रूपान्तरण अभियानमा सरिक भएका छन्। बर्षभरी खान पनि नपाउने र महिलाहरूले लाज ढाक्न पनि राम्ररी नसक्ने अत्यन्त विपन्न सो गाउंमा एउटा परिवारलाई एउटा सानो घर बनाउन रू ४१,६५० लाग्ने रहेछ।
अब इजरेलका परोपकारी नेपालीहरू निरज सुवेदी, नवराज आचार्य, निश्चल श्रेष्ठ, उषा क्षेत्री, रिचा गुरूंग, मिनाकुमारी संग्रौला, तुलाराम बडाल तथा रूपा राउत अनि अनलाइन समाचार पोर्टल CNNANews.Com का कारण ८ वटा चेपांग परिवारले बस्ने घर पाउने भएका छन्। उमेश श्रेष्ठले सो सहयोगमा रू १० हजार पनि थपेका छन्।
त्यसको साथमा लक्ष्मी प्रतिश्ठान र एकल सिलवाल नेतृत्वको मितेरी फाउन्डेशनले सिंगो गाउंलाई नै आत्म निर्भर बनाउन बिभिन्न काम गरिरहेको छ/गर्दैछ, जसमा साथ दिन हेल्प नेपाल नेटवर्कले पनि रू १० लाख दिंदैछ।
कान्दा रूपान्तरण एउटा नमूना अभियानका रूपमा अघि बढीरहेको छ। सहयोगि हातहरू सबैलाई सो समूदायको जीन्दगीभर धेरै आशिष लाग्नेछ।
सो रकम हष्तान्तरणका लागि मलाई आमन्त्रण गर्ने सबैप्रति आभार प्रकट गर्दछु।
साभार : रबिन्द्र मिश्रको वाल बाट