आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई २२ बर्ष जेल I

काठमान्डू चैत्र १९,

सुस्त मनस्थिति भएकी आफ्नी छोरीलाई बलात्कार गर्ने बुबाले २२ वर्ष लामो कारावास सजाय भोग्नुपर्ने भएको छ । काभ्रेको पात्लखेत गाविस–८ बस्ने कृष्णबहादुर तामाङले यस्तो अपराध गरेको प्रमाणित भएपछि काभ्रे जिल्ला अदालतले उसलाई जेल सजाय दिने फैसला गरेको हो । 

अदालतले जर्बजस्ती करणी महलको ३ (५) बमोजिम सात वर्ष, सो महलको ३(ङ) बमोजिम सुस्त मनस्थितिलाई करणी गरेकाले थप पाँच वर्ष र हाडनाता पर्ने छोरीलाई करणी गरेकाले करणी महलको १ र जर्बजस्ती करणीको २ नं बमोजिम १० वर्षसहित २२ वर्ष सजाय भएको अदालतका श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो । विसं २०६९ चैत १० गते भएको सो घटनापछि प्रहरीले तामाङविरुद्ध २०७० वैशाख ५ गते अदातलमा जर्बजस्ती करणीको मुद्दा दायर गरेको थियो । (NB)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com