अब फेरी देशमा यस्तो नहोस I

"अब फेरी देशमा यस्तो नहोस " 
" लोकतन्त्र के गणतन्त्र के ?" 

देशको दिन प्रति दिन बिग्रिदै गएको नाजुक स्थितिलाई हेर्ने हो कि ? पागल कुकुरलाई लखेट्ने हेहेको कोलाहल त्यही मानिसको भिड हुन् वा नेतालाई माला लगाएर जयजयकार गर्ने उही मानिसको घुइचो फेरी बिबाहमा खुशी र हर्ष,रोदनका आशु झार्ने र ,मरणमा राम नामको गीत गाउदै लस्कर जानेको भिड ? मानिस तिनै हुन् तर फरक कहाँ र कस्तो छ त् ? छुट्याउने तिनै मानिस हुन् र पनि आफुनु हवगत खाई नखाई ,खुनको खोलो बगाए झैँ पसिना बगाउदै लाख्त्रम भएर लुरुक्क भुसिया कुकुर झैँ लयलयमा कुदेर आफ्नो बस्ने थलोमा फर्कने गर्दछन पनि त्यही मानिस .....

मैले यसो भन्नुको तात्पर्य अबश्य नै सबैले बुझ्नु भएको होला ,चाहे जुनै सत्ता आउनु व्यक्तिको व्यक्तित्व राम्रो होश सत्तामा हुने व्यक्तिको गुण राजनीति,कुटनीति, देशमा प्रगति र जनताको हितमा कार्य गरुन न कि फेरी गल्तीलाई दोह्राउँन ,सबै मिली देशलाई बनाऊ  आजको देशको स्थितिलाई त्यो बेलाको क्षण जुन बेला राजगद्दी खाली गराए जनताको बलिदान, खोलो बगेका रगतको, छिट्टाको बलले ...सबैलाई स्वतन्त्र चाहियो रे  तर देशलाई के चाहियो ? कसैले सोचेनन  राजगद्दीमा बस्नेको अभिमानले गर्दा परिणाम शुन्य भयो ..कोहि भन्दा कम भएनन कोहि ...केहि समय सम्मको लुछाचुडी बाट देशको क्षति मात्र नभई हजारौ युवा युवतीको बलि दशैमा राँगा,बोकालाई छिनाए झैँ भयो  हो मलाई त्यो आज फेरी याद आयो जसरी महाभारतको युद्द अन्धा घृतराष्टको पुत्र प्रतिको लालच,अभिमान र मोहले उनले सबैको मृतु, देशमा नै क्षति ब्यहोर्नु परे झैँ हाम्रो देशको स्थिति पनि ठिक त्यस्तै हुन् गयो ! आखिर अलि कति समझादारी भइ दिएको भए देशमा यसरी महाभारतको युद्ध नहुन पनि त् सक्थ्यो नि ?

कयौ बर्ष देखि सबैले महाभारतका कथा र गाथाको विस्तार पुर्वक बर्णन सुन्नु नै भएको होला महासन्त, विद्धान महात्मा ज्ञानीले भन्दै आउनु भएको छ र यसलाई मुक्तिको बाटो भनेर पनि बर्णन गरिएको देखिन्छ ,मुक्ति भन्नु मरेर पाइने कुरालाई बुझ्दछन सबैले प्राय तर मेरो भनाइमा मुक्ति मारेर हैन असल सत्कर्म ,देश र जनताको हित,प्रगति,र उत्थान भने हो साथै बुकहरुमा पढ्दा पनि त्यस भित्रको चतुरता निकै सम्बेदंशिल देश र जनताको हितको लागी गरिने त्याग,उपाय ,कर्म,बलिदान जस्ता गुण अबगुण दुबैको खुलस्त रुपले बर्णन गरिएको छ  त्यसमा भनिएको छ कि आज पनि विधुरको जस्तो सुझाब,सल्लाह ,विवेक युक्त वाणीहरु देशमा दिने विद्धानहरु भएता पनि राजनीतिको आडमा आफ्नो दुना सोझ्याउने एकले अर्को प्रतिको खिच्चा तानीले जीवित रहन दिदैनन वा देशलाई नै छाडेर विदेशीको चाकडी गर्न बाध्य बनाउछन त्यस्ता ,युद्ध उन्माद कै कारण अहिले सम्म पनि देश भित्र उपक्षित् हुने खतरा छैन भन्न सकिन्न  

एकले अर्को बीच कसरि लछार पछार गर्ने भन्ने उपाय भित्र भित्रै समुन्द्रमा माझीले जाली फ्याके झैँ जालीमा माछा पार्ने कोशिशमा तलिन लागी परेका देशमा नेता लगायत उनीहरुलाई ताली बजाउदै हसौला दिने जनता अनि देश द्रोहीहरुको लुटपाट ,बलत्कार, हत्या ,हिंसा ,त्रास,अशान्ति अझै पनि दग्ध नै रहेको अबस्था छ  कहिलै शान्ति हुन् सकेको छैन देशमा  अहिले सम्म लुट पाट र बलत्कार जस्ता घटनाले चेली बेटी एक्लै हिड्न पनि त्रासित हुन्छन  वातावरण,बाटो धाटो यति दुर्घंदित र दूषित छन कि पर्यटकहरुको नेपालको सुन्दर रमणीय दृश्य हेर्न आउनेको क्रमश :ह्रास भएको पाइन्छ  कहाँ गयो त्यो सुन्दर हाम्रो देशको गरिमा ? किन हरेक बुडा आमा बाबाले आफ्नो हेरचाह गर्ने बेलामा लाचार भएर विदेश पठाउछन र आफु मृतुलाई पर्खेर बस्छन ? किन नेपालीले पसिना बिदेशमा बेच्न बाध्य हुनु परेको ?

हुन् त् "विनाशकारी विपरित बुद्धि " न युद्ध हुन्थ्यो न देशको यो हवि  त्यसै त् कहाँ यो उखान राखिएको हो र  अभिमान र लालचले गर्दा युद्ध हुनुको परिणाम देशको गम्भीर स्थिति हुन् पुग्यो  बलको भरमा सक्नेले अरुको खुनमा रमाएर होली खेले पनि  त्यस्तै होली कष्ट,विवाद,अपमान पूर्ण जीवन बाच्न कौरबका तर्फ फगत,अशस्थामा, कृपचार्य,कृतवर्मा, लगायत राज्यका सबै बलवान,बुद्धिजीवीहरु भएता पनि,पाण्डवका तर्फ श्रीकृष्ण,सत्यकी,र पाच पाण्डव गरेर मात्र सात जना थिए यस्तो किसिमको महासंहारबाट स्वयम् श्रीकृष्ण र उनको यादव कुलको अभिसप्त भै,यादव वंश पनि कौरव र पाण्डब झैँ एक आपसमा युद्ध गर्दै बिनिष्ट हुन् पुगे भने श्रीकृष्णले स्वजन भन्दा टाडा नितान्त एक्लै मृतुको वर्णन गर्नु परेको कुरा पनि कथाहरुमा समुन्द्रबाटसुनामी भएर बगे झैँ पोखिएको छ कथाहरु भित्र 

महाभारतको लडाईमा धर्म र अधर्मको बिचको लडाईको युद्ध भनेर खुलस्त रुपमा श्रीकृष्णबाट विस्तार गरिएको कुरा पुराणहरुमा सुनेका छौ  साच्चै यथार्तमा हेर्ने हो भने ,आफ्नो मात्र हित वा परिवारको खुशीको लागी दुना सोझ्याउनु नै यस्ता लडाईका कारण हुन् सक्छ वा आफ्नो सन्तानले मात्र सबै शुख वा संसारको यश आरामको भोग गरोश भन्ने त्यसको मुख्य कारण हो, । सायद अन्धा धृतराष्ट्को आफ्नो पुत्र प्रतिको मोह ,लालचले गर्दा एकलौटी शासन गर्नु दुर्योधनका महत्वकाक्षां र आफ्नो राज्य हरण र द्रोपतिलाई गरेको अपमानको बदला लिने पाण्डव हरुको प्रतिशोध पूर्ण व्यग्रताले गर्दा नै त्यस युद्धको प्रारम्भ भएको थियो रे 

भनिएको छ धृतराष्ट्रको पुत्र प्रतिको मोहले गर्दा उनले गरेका निर्णयहिनता र एकलौटी राज्य भित्र शासन गर्ने दुर्योधनको यस्ता महत्वाकाक्षा बढाउनु र विधुरले दिएको नितियुक्त सल्लाहलाई सम्बन्धन गर्न सकेका थिए भने युद्ध हुने थिएँन आफन्त लगायत देशमा भएका सबै जनता सहित खुशी रहने थिए  आज देशमा विधुर झैँ उपयुक्त सल्लाह दिने र सबैलाई समेटेर अंगालेर हातेमालो गर्ने हो भने देशमा शान्ति कायम हुन् सक्छ  " मलाई एउटा कुरा याद आयो "जब धृतराष्ट्रले विधुरलाइ बोलाएर सोधे कि भन न यस्तो परिवेशमा के गर्नु ठिक होला त् ? 

बिधुरले युद्धको सम्भावना र त्यस बाट हुने परिणामलाइ रोक्न "इन्द्र स्थलको राज्य पाण्डबहरुलाई फिर्ता दिदा र दुर्योधनको कपटपूर्ण महत्वाकांक्षलाइ नियन्त्रण गर्न सक्दा राम्रो हुने सल्लाह दिदै भनेका थिए "महाराज अहिले प्राप्त हुने लाभ त्यो भविष्यमा सम्वृद्धिको कारण बन्छ भने यस्ता किसिमका महत्तकाक्षा लाइ महत्व नदिनु नै उचित हुन्छ र अहिले यो क्षति भन्दा भविष्यको सम्वृद्धिका कारण बन्छ भने त्यस्तो भयको स्वागत गर्नु बुद्धिमता पूर्ण हुन्छ '"  यो भनाइलाई यदी सबै राजनीति गर्ने योद्धाले गम्भीर भएर मनन गर्ने हो भने देशमा कहिले संकट आउदैन हैन भने जुनै राजनीति पाटीको उदय होश देश दिन प्रति दिन खोक्रो हुदै जानेछ 

 निशा खनाल अर्याल 
 इज़रायल 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com