बाँके जिल्लाको खजुरास्थित कपास विकास समिति पछिल्ला वर्षहरुमा नाफा कमाउन सफल भएको छ ।
सशस्त्र द्वन्द्वका क्रममा अलपत्र भइसकेको समितिले पछिल्ला चार वर्षमा रु ५० लाख बढी आम्दानी गरेको छ ।
शून्यबाट काम सुरु गरेको समिति हाल रु ५३ लाख ५१ हजार नाफामा पुगेको हो । यस वर्ष रु एक करोड ४० लाखको कपास बिक्री गरेको समितिका कार्यकारी प्रमुख वीरबहादुर सिंहले बताउनुभयो ।
स्थानीय बजारमा १९५ टन कपास बिक्री खपत भएको उहाँले बताउनुभयो ।
सशस्त्र द्वन्द्वअघि रु ५१ लाख ५७ हजार नाफा गरेको समिति द्वन्द्वपछि धरासायी भएको थियो ।
समितिले अहिले बाँकेको खासकुश्मा, कचनापुर, कम्दी बर्दियाको जमुनी र दाङको पुरनधारा, पन्चकुले, श्रीगाउँ, धनौरी, फूलबारी र गोलटाकुरीमा ३०० विघा जग्गामा कपास खेती सुरु गरेको छ । रासस :