उभौली साकेला मनाउदै इज़रायलमा I

तेल अभिव (इज़रायल) बैशख १७,

नारीदर्पण : किराँत राई यायोख्खा नेपाल इज़रायल ले यहीं आउँदो मेमहिनामा उभौली साकेला मनाउन गैरहेको छ ।

प्रवासमा रहेर पनि भूमी पुजारी, प्रकृति पुजारी  किराँतीहरुले आफ्नो अमुल्य  भेषभुषा , कला, संस्कृति र पहिचानलाई संरक्षण र सम्बर्दन गर्दै बर्षमा दुइ पटक मनाउने गर्दछन उधौली र उभौली । इज़रायलमा नयाँ कार्य समिति गठन भए सँगै उभौली साकेला भव्यताका साथ् मनाउने तयारी भैरहेको सम्बन्धित स्रोतले जानकारी दिएको छ । 

किराँत सम्बंत यलेदोङ्ग ५०७४ औं उभौली साकेला मनाउन अन्तिम तयारीमा जुटिरहेका छन् किराँत यायोख्खा नेपाल इज़रायल । उक्त शुभ-कार्यलाई सभ्य र भब्यताका साथ्  सफल पार्न स्थानिय सम्पूर्ण संघ संस्थाहरुलाई हार्दिक निमन्त्रणा  गर्दछ ।

तिमी : १७ मे २०१४ (शनिबार)
स्थान : सी साइड नेपाल एम्बासी नजिक
समय : १० बजे 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com