कविता : By, दाजु गुरुङ



' आमा '  कविता 

आमाको काँख
लाखौमा लाख ।

वर्षातमा छाता
घाममा छाँया 
आँचलको कवच 
जननीको माया ।

पिडामा मलम 
तृष्णामा कोशी
पिउछिन आँसु 
वाड्छिन खुसी ।

अनन्त आकाश 
ममताको वगान 
धरतीको स्वर्ग 
आमाको आँगन ।
आमाको काँख 
लाखौमा लाख ।।

दाजु गुरुङ , 
हङकङ 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com