‘हँसिया’ को वेलायतमा रेड कार्पेट प्रिमियर शो I

काठमान्डू बैशाख ८, 

बर्ष २०१४ को बहु प्रतिक्षित नेपाली फिल्म ‘हँसिया’ को वेलायतको अल्डर्सटस्थित प्र्रिन्सेस हलमा रेड कार्पेट प्रिमियर शो गरिएको छ । प्रिमियरमा सहभागी हुन अभिनेता राजेश हमाल वेलायत आएका थिए । प्रिमियरमा हमाल नै मुख्य आकर्षणको केन्द् बने । 

एनआरएन. यूकेको महिला अध्यक्ष शान्ति थापाको अध्यक्षता रहेको सो प्रिमियर शोमा अभिनेता तथा विमान चालक विजय लामा, विल्सन विक्रम राई, अभिनेता ध्रुब दत्त लगायत करिव ३०० नेपालीहरुको उपस्थिति रहेको थियो । फिल्म सुरुवात अगाडी सञ्चारकर्मी सरोज केसी र लक्ष्मी राईले संचालन गरेको औपचारिक कार्यक्रममा बोल्दै अभिनेता राजेश हमालले ”हँसिया” छायाँकन गर्दाको अनुभव सुनाउनुका साथै निर्देशक मिलन चाम्सको कामको मुक्तकण्ठले प्रशंसा गरेका थिए । 

साथ साथै उनले नायिका हेमाको काम को पनि प्रसंशा गरेकाथिए निर्देशक चाम्सले नेपाली फिल्मलाई माया गरिदिनको साथै फिल्ममा भएको कमी कमजोरीलाई औँलाई दिन अनुरोध गरे । निर्देशक चाम्सले आङ्खनो पक्षबाट गर्ने काम, आङ्खनो जिम्मेवारी आफुले पुरा गरेको अब पालो दर्शकहरुको रहेको प्रतिक्रिया दिंदै ‘हँसिया‘को एक्सन दर्शकहरुले मन नपराउनु भएमा आफुले एक्सन फिल्म निर्देशन गर्ने नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताउनु भयो । 

फिल्म हेरे पछि सन्तुष्ट भएर सकारात्मक प्रतिक्रीया आउने मा उनि ढुक्क छन् । ”हँसिया”मा राजेश हमालको साथै हेमा श्रेष्ठ, अनुप विक्रम शाही, विशाल ढुङगाना, आलोक कार्की लगायतको मुख्य भुमिका रहेको छ । फिल्मको एक आइटम गीतमा नायिका प्रियंका कार्कीलाई देख्न सकिन्छ । चाम्स इन्टरटेनमेन्ट को ब्यानर मा फिल्म ”हँसिया” लाई दुर्गा घलेले निर्माण गरेकी हुन् । ”हँसिया” हेरे पश्चात रेड कार्पेट प्रिमियरमा दर्शकहरुले डेव्यू निर्देशक मिलन चाम्सको काम र फिल्मको राम्रो प्रतिक्रिया दिए । 

बिशेषगरी हेमा श्रेष्ठको एक्सनलाई रुचाईएको पाईयो । डायस्पोरादेखि स्वदेशमा समेत छुट्टै हाइप सिर्जना गर्दै गरेको यस फिल्मले नेपालमा कस्तो प्रतिक्रिया पाउँछ ? त्यसको लागि भने जेठ ९ गतेसम्म कुर्नै पर्ने हुन्छ । त्यस्तै बेलायतकै विभिन्न स्थान मा यो साता महानायक को उपस्थितिमा विशेष शो समेत आयोजना गरिन लागेको छ । ”हँसिया” रिलिज अघि हंगकंग र नेपाल मा समेत विशेष शो आयोजना गर्ने तयारी गरिएको छ। (नेपालब्रिटेन)


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com